२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कारको प्रयास गरेको आरोपमा एक पक्राउ

महोत्तरी–गाउँमा रामलिला मेला लागेको मौका छोपी एक महिलालाई बालात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौशालालले लक्षमीनिया– ७ का ४५ वर्षीय कपिल ठाकुर शर्मालाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेको हो।

शर्माले बिहीबार  राति स्थानीय एक महिलासँग घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै पीडितले प्रहरी कार्यालय गौशालामा उजुरी दिएपछि प्रहरीले शर्मालाई पक्राउ गरेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोख्रेलले जनाए।

यस अघिपनि शर्माले आफूमाथि यस्तो क्रियाकलाप गर्दै आएको पीडित महिलाको आरोप छ। यस अघि भएको घटनामा स्थानीयस्तरमै छलफल गरी समाधान गर्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

 

प्रकाशित: १९ भाद्र २०७३ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App