२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाल यौन दुराचारमा संलग्न भएको आरोपमा अमेरिकी नागरिक पक्राउ

काठमाडौँ- बालयौन दुराचारको आरोपमा प्रहरीले अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ। केनेथलाई सहयोग गरेको आरोपमा प्रहरीले काठमाडौँ स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई समेत पक्राउ गरेको छ। केनेथलाई प्रहरीले ठमेलको याम्वु होटलबाट पक्राउ गरेको हो। त्यहाँबाट प्रहरीले ५ जना बालकलाई समेत उद्दार गरेको जनाएको छ। दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दुराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानसमेत सुरु गरेको जनाएको छ।

केथेनले पटक पटक नेपाल आई हाल २३ अगष्ट २०१६ ( भाद्र७) देखी निरन्तर होटलमा बसी आफ्नो सहयोगी मार्फत बिभिन्न स्थानहरूबाट दर्जनौं नेपाली बालबालिकाहरूलाई बिभिन्न प्रलोभनमा पारी आफु बसेको होटलसम्म ओसारपसार गर्न लगाई बाल यौन दुराचार तथा यौन शोषण समेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुराचार मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।  

 

 

प्रकाशित: २६ भाद्र २०७३ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App