८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ग्याङ फाइटमा युवकको मृत्यु, तीनजना पक्राउ

बैतडी—दुई समूहबीच भएको ग्याङ फाइटमा चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ। चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर रहेका छन्।

मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर रहेका छन्। चक्कु प्रहारबाट घाइते कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रिफर गरिएको थियो। कुँवरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गएराति बाटोमै ज्यान गएको बताइएको छ।

यसअघि घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको थियो। अपी नगरपालिका–५ छापरीको कोटमा देउडा खेलिरहेका बेला सोमबार दुई समूहबीच झडप भएको बताइएको छ। चक्कु प्रहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाँउकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

पक्राउ परेका तीनैजनाविरुद्घ कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने बताइएको छ। रासस

प्रकाशित: २८ भाद्र २०७३ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App