२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लुटेरा गिरोह पक्राउ

वीरगन्ज–बाटोमा गाडी रोकेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले घटनाको ८ घण्टाभित्र     पक्राउ गरेको छ। सात जना लुटेरामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार छन्। सोमबार प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ। वीरगन्ज–२४ जगरनाथपुरबाट गण्डक नहरको बाटो भएर वीरगन्ज बजारतर्फ आउँदै गरेको चन्दन लुब्रिकेन्टको को १ च ४२५२ नम्बरको गाडी रोकेर आइतबार दिउँसो करिब १२ बजे समुहले लुटपाट गरेको थियो।

बारा बहुअरी ३ बस्ने १६ वर्षीय रामकुमार पटेल, सोही ठाउँका १६ वर्षीय जटाशंकर पटेल र वीरगन्ज १७ बहुअरीका १७ वर्षीय राजाबाबु पटेल पक्राउ परेका हुन्। उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए। प्रहरीका अनुसार ‘लुब्रिकेन्ट’का ब्यापारी सुनसरीको दुबही –५ घर भएका नारायण साहको ३२ हजार रुपैयाँ नगद र गाडी चालकको मोबाइल लुटेर दुई वटा मोटरसाइकलमा आएका लुटेरा फरार भएका थिए। सुनसान बाटोमा गाडीमाथि ढुँगा बजारेको र चालकले गाडी रोकेपछि लुटेराहरुले लुटपाट गरेको साहले बताएका छन्।

 

प्रकाशित: २७ भाद्र २०७३ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App