२० आश्विन २०८१ आइतबार
image/svg+xml

एउटै गाउँबाट सवा चार करोडको अदुवा निर्यात

रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका–६ का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे। हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका उनले गत वर्षभन्दा यो वर्ष तीन क्विन्टल बढी उत्पादन गरेको जानकारी दिए।

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै फर्काइदिए किसानले

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै धरान उपमहानगर २० का विष्णुपादुका (कोकाहा)का किसानहरुले फिर्ता पठाइदिएका छन्।

अदुवाले राम्रो मूल्य पाएपछि किसान हर्षित

गत वर्ष अदुवा नबिकेर बारीमानै कुहिएपछि निरास भएका किसानहरू यसवर्ष अदुवाले राम्रो मूल्य पाउँदा हर्षित भएका छन्। अदुवाको पहिलो सिजनदेखि नै प्रतिकेजी ४२ रुपैयाँमा किनबेच हुन थालेपछि किसानहरू हर्षित भएका हुन्।

नीलबाराही नाच सुरु

थिमि बोडेको नीलबाराही नाच मंगलबार रातिदेखि सुरु भएको छ । मुख्य देवता नीलबाराही हुने नाच पाँच दिनसम्म चल्नेछ । स्थानीय प्रेमचन्द्र अदुवा श्रेष्ठका अनुसार नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ ।

अदुवामाथिको भारतीय प्रतिबन्ध हट्यो

कानुन बनाएर नेपाली अदुवा भित्रिन रोक्न खोजेको भारतले उल्टै नेपालको ‘फ्रेस जिन्जर’माथिको प्रतिबन्ध हटाएको छ । भारतीय पक्षले गत सोमबार यस्तो निर्णय लिँदै नेपालको ‘फ्रेस जिन्जर’को आयात खुला गरेको हो।

अदुवाले बदलेको जीवन

केही वर्षअघिसम्म चिङ्गाड गाउँपालिका–६ भर्जेनीकी ३० वर्षीया भीमा चुनाराको परिवारलाई बिहान–बेलुकाको छाक टार्न पनि मुस्किल थियो। गाउँको थोरै जमिनमा जति मेहतन गरेपनि उत्पादन थोरै हुन्थ्यो। व्यवसाय गर्नका लागि पैसा थिएन्। छाक टार्नकै लागि श्रीमान कालापहाड (भारत) गएर कमाउँथे।

अदुवा निकासी सकसको पाठ

एकातर्फ राजनीतिक र प्रशासनिक क्षेत्रमा सरकार गठन र प्रदेश सरकार गठनका मुद्दाहरू तातो बहसका सामग्री बनेका छन् । यस बेला भने उद्योग र वाणिज्यको क्षेत्रमा अदुवा भारत निकासीमा यसपटक आएको अवरोध त्यस्तै तातो मुद्दा बनेको थियो । व्यवसायीले अदुवा भन्सार बिन्दुमा पु¥याएर पनि फेरि गोदाममा फर्काएर ल्याउनुपरेको थियो ।

व्यापारीले अदुवा उठाउन थाले

भारतले नेपालबाट आयात हुने अदुवामा लगाएको प्रतिबन्ध हटाएलगत्तै व्यापारीले जिल्लामा स्टक गरेर राखेको करौडौं मूल्यको अदुवा गोदामबाट लैजान थालेका छन् । जिल्लाका अदुवा व्यापारीले गोदाममा थन्क्याएर राखेको अदुवा ट्रकका ट्रक जिल्ला बाहिर निकासी गरेका हुन् ।

भारतले प्रतिबन्ध हटाएपछि अदुवा निर्यात सुरु

भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि करौडौको अदुवा जिल्ला बाहिर निकासी भएको छ। प्रतिवन्ध फुकुवा भएसँगै व्यापारीको गोदाममा थन्किएको अदुवा निकासी भएको हो।

भारतले अदुवामा अवरोध हटायाे

नेपाली किसानलाई मर्का पर्ने गरी भारतले अदुवा निकासीमा लगाएको अवरोध खुल्ला गरेको छ । भारतले बिनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ । अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । ‘अहिले मापदण्डलाई खुकुलो बनाएर थप सहज गर्न भारतीय पक्ष सहमत भएको छ,’ सैंजुले भने, ‘शुक्रबारबाट अदुवा निकासी सुचारु हुन्छ ।’

भारतीय अवरोधपछि नेपाली अदुवा बंगलादेश

निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् । निर्यातकर्ता व्यापारीको पहलमा झन्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।

अदुवामा ‘कोटा’ निर्धारण गर्ने भारतीय तयारी

भारतले नेपालबाट आयात हुने अदुवामा ‘कोटा’ निर्धारण गर्ने तयारी थालेको छ । अहिलेसम्म बेहिसाब रुपमा भारतीय बजार आइरहेको नेपालको अदुवा छिट्टै सीमित परिमाणमा मात्रै आउने प्रावधान बन्न लागेको हो । अदुवा आयातकर्ता भारतीय व्यापारीहरुले नयाँ सरकारी तयारीको पुष्टि गरेका छन् ।

सरकारी ‘पहल’ कुरेको कुर्यै अदुवा व्यवसायी

तीन सातादेखि रोकिएको अदुवा निकासी खुल्ने कुनै छनक नदेखिएपछि व्यवसायी र किसान आजित भएका छन् । वाणिज्य मन्त्रालयसमेत आफूहरूको समस्यामा गम्भीर नभएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

अदुवा निकासीमा अन्योल कायमै

पाँचथर यासोकका अदुवा व्यापारी विष्णु बोहोरालाई किसानले साँझ–बिहान सुत्न दिएका छैनन् । बारम्बार उनलाई किसानको फोन आउँछ– अदुवा बारीमै कुहिसक्यो, कहिले लिन कहिले आउनुहुन्छ ? किसानको फोनले आजित उनी ‘फलानो दिन अदुवा तौलिन आउँछु’ भन्ने जवाफ किसानलाई दिन सक्दैनन्।

अदुवा निकासीको उपाय खोज्दै

भारतीय पक्षले अनुमति नदिँदा भन्सार पुर्याएर फर्काइएको करोडौं रुपैयाँको नेपाली अदुवा पुनः निर्यातका लागि सरकारी निकायले ‘प्रयास’ थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्