भालुबाङको भाग्य चम्कियाे
लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।
लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।
प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ।
राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको प्रदेश ५ को स्थायी राजधानी घोषणापछि जिल्लामा उत्साह छाएको छ।
राजधानी सम्बन्धी प्रस्तावमा भएको मतदानमा नेपाली कांग्रेसका ५ जना सांसदले पार्टी ह्विप विपरित सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गरे।
गत शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको ‘नाम लुम्बिनी र राजधानी दाङको देउखुरी’ राख्ने प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए।
मन्त्रिपरिषद्को निर्णय गुपचुप राखेर प्रदेशसभामा एक्कासि नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस भएपछि कांग्रेसले आपत्ति जनाएको छ । दिउँसो १ बजे प्रेदशसभा बैठक सुरु हुनुअघि प्रदेशसभा भवनसहित बुटवल नगरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको प्रस्ताव पारित भएमा प्रदेश ५ का सबै जिल्लालाई पायक पर्ने ठाउँमा स्थायी राजधानी बन्नेछ।