खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ
डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।
डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।
उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन्।
जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ।
सरकारले १६ महिनाअघि जयनगर–कुर्था ३४.९ किलोमिटर खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल भित्र्याएको थियो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रूपैयाँ खर्चेर दुई ती रेल जनकपुर ल्याएको थियो।
१४ महिनाअघि ८४ करोड रुपैयाँ खर्च गरेर नेपाल भित्र्याइएका दुईवटा रेल चलाउन न अझसम्म कर्मचारीको व्यवस्था भएको छ न कानुन बनेको छ, न आवश्यक बजेट नै निकासा भएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका छन्।
सरकारले महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई सार्वजनिक निकायका पदाधिकारी नियुक्त सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचारण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेकाले पदबाट तपाईंलाई किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो। राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले आफूले जवाफ नदिने उनले बताए।
महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको होला र ? त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन।’
नेपाल रेल्वे कम्पनीले गत असोज २ गते भारतको जयनगरदेखि जनकपुरसम्म रेल ल्याएर परीक्षण गरेको थियो। तर कोभिड–१९, प्राविधिक जनशक्ति अभाव र रेल सञ्चालनको लागि आवश्यक कानुन नभएको भन्दै त्यत्तिकै राखिएको छ। महाप्रबन्धक भट्टराई अहिले दुवै मुलुकमा कोभिड १९ को संक्रमणको दर घट्दै गएकाले पनि अबको एक महिनाभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन्।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर रेल चलाउन आवश्यक कर्मचार माग गर्दा दुई सय ४९ गुणाभन्दा धेरै आवेदन फारम परेको छ। कम्पनीले २९ पदमा एक सय २९ कर्मचारी नियुक्त दरखास्त माग गरेकोमा ३२ हजार दुई सय २५ जनाले फारम भरेका छन्। कम्पनीले गत भदौ २७ गतेदेखि आवेदन खुलाएको थियो। फारम बुझाउने अन्तिम म्याद असोज १२ गतेसम्म थियो।