३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

बेइजिङमा लुम्बिनी शान्ति बगैँचा

भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।

गैंडा गन्तव्य

प्राणी र वनस्पतिबीचको चक्र वातावरण हो। जसलाई दिगो बनाउन प्राणी र वनस्पतिबीच सहअस्तित्वको सम्बन्ध हुनुपर्छ। पृथ्वी सबैको साझा हो भन्ने भावनाबाट प्रेरित भई नीति, योजना र कार्यक्रम बनाउँदामात्र सहअस्तित्व स्थापनामा सहयोग पुग्छ।

रानीको बगैँचामा फूल गोड्दा

वनस्पति विज्ञ कुमार केसी सानैदेखि राजदरबारको आँगनमा हुर्किए । उनका लागि न त दरबार नौलो भयो न दरबारमा आउजाउ नै । गाउँघरमा साना केटाकेटी ओल्लो–पल्लो घर गरेजस्तै केसीको पनि दरबारमा बाक्लै आवतजावत गर्थे । आखिर उनको घर पनि सडकको वारिपारि छ, दरबारको उत्तरी गेट (उत्तरढोका) नजिकै।

मनै बहलाउने मनमोहक पाँच फूल

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो, मगमग चल्यो वासना...’, प्रेमध्वज प्रधानको यो गीत घन्किँदा इन्द्रकमल फूलको वासनाले जो कोहीलाई लोभ्याउँछ । नेपालीमाझ यो गीतले इन्द्रकमल फूलको बास्ना र सौन्दर्यको महिमा झन् बढाएको बताउँछन्, वनस्पति विज्ञ कुमार केसी । मायालुलाई आकर्षित गर्ने किसिमको यो गीतले इन्द्रकमलको वासनाको चर्चा गरेको बताउँछन् केसी ।

नेपालमा फैलिँदैछ मिचाहा वनस्पति

विश्वका एक सय खराब मिचाहा वनस्पतिमध्य चारवटा वनस्पति नेपालमा रहेको पाइएको छ। नेपाल विज्ञान तथा प्रविध प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा आयातित मिचाहा प्रजाजिका वनस्पतिको प्रभाव’ विषयक कार्यशालामा वनस्पतिविद् डा. भरतबाबु श्रेष्ठले यस्तो तथ्य प्रस्तुत गरेका हुन्। आयातित मिचाहा वनस्पतिको अवस्था र यसको मूल्यांकनका दायराका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. श्रेष्ठले नेपालमा मुख्य २६ मिचाहा वनस्पति रहेको र त्यसमध्ये विश्वका एक सय खराब मिचाहा वनस्पतिमध्येका चारवटा रहेको तथ्यांक पेश गरेका छन्।

मनै लोभ्याउने ढकेरी वनस्पति उद्यान

पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित वनस्पति उद्यान। जसको सुगन्धले जो कोहीको मन लोभ्याउँछ। त्यही भएर पनि यहाँ नपुगेका ब्यक्ति कमै मात्रामा भेटिन्छन्। नेपालगन्ज उपमहानगरपालिकाबाट करिव २६ किमी टाढा पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित दक्षिणतर्फ स्थापित रहेको छ, यो उद्यान।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्