३० वैशाख २०८१ आइतबार
image/svg+xml

जुनार किन्न किसानका बारीमै पुग्छन् व्यापारी

जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन्। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्।

दोसल्लेमा बिजुलीका नांगा तार हटाउन थालियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा सुन्तलाका बगैंचाभित्र रहेको विद्युत् वितरण लाइनका नांगा तार हटाउन थालिएको छ।

इच्छाकामनामा सुन्तला महोत्सव हुने

सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

सुन्तलाबाट लाखौं कमाउँछन् स्याङ्जाका किसान

यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्। सुन्तला उत्पादनमा पहिचान कमाएको स्याङजा यतिबेला सुन्तलामय बनेको छ।

सुन्तलाले चल्दैछ किसानको रोजिरोटी

स्याङ्जाको गल्याङ नगरपालिका ७, सिरौंसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

सुन्तलाले मूल्य पाउन थालेपछि कृषकहरू दङ्ग

चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ। उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन्।

झाडी फाँडी सामूहिक सुन्तला खेती

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो।

सुवासचन्द्र नेम्वाङ- सुन्तलाबारीदेखि बालुवाटारसम्म

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय नेम्बाङ कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए ।

गैंडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी

सुन्तला बगैंचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ। बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ।

तनहुँमा २९ करोडको सुन्तला उत्पादन

तनहुँमा एक वर्षको अवधिमा २९ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ।

सुन्तला उत्पादनमा स्याङ्जाको छलाङ

यो बेला स्याङ्जाका धेरै किसान खेतबारीमा खाडल खन्न व्यस्त छन्। किनकि अहिले सुन्तलाका बिरुवा रोप्न किसानलाई भ्याइनभ्याइ छ।

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्