१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भूकम्पबाट बच्ने अभ्यास

कक्षाकोठामा बसेर पढ्दै गर्दा भूकम्प आए कसरी जोगिने भनेर बुधबार भक्तपुरको एउटा स्कुलमा विद्यार्थीलाई अभ्यास गराइएको छ।

२२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल कक्षा ४ मा पुगेका छन्।

स्कुल बसमा आग्लागी

कपिलवस्तुको बुद्द्भूमि नगरपालिका– ७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुल बसमा आज बिहान आगलागी भएको छ।

नाच–गानसहित ट्राफिक सचेतना

नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’।

सरकारी स्कुलमा भर्नाका लागि भनसुन !

काठमाडौं महानगरपालिकाभित्रका सरकारी विद्यालयहरूले अभिभावक र विद्यार्थीको विश्वास जित्दै गएको उदाहरण आइतबार बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा देखियो।

चलेका विद्यालयमा छोराछोरी भर्ना गराइदिन शिक्षामन्त्रीलाई दबाब

सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्‍यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।

एमाले नेता रायमाझी चिकित्सकको निगरानीमा

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ।

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम सम्पन्न भएको छ।

आनीका लागि आर्यतारा

आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ।

काव्य स्कुलमा तेक्वान्दोको ग्रेडिङ

काव्य स्कुलमा शुक्रबार एकदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ। काठमाडौंको बुद्धनगरस्थित विद्यालयकै प्राङ्गणमा कुल ३६ जना तेक्वान्दो खेलाडीले ग्रेडिङ परीक्षा दिएका हुन्।

भक्तपुर चिनाउने प्रदर्शनी

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।

स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु, ५ जना घाइते

जनकपुर–जटही सडकखण्डमा स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

म्याग्दीको मंगला गाउँपालिका– २, बावियाचौरकी सरिता बुढाले मंगला माध्यामिक विद्यालय कक्षा १२ बालीविज्ञान विषयमा अध्ययनरत छिन्।

छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबार आउने

चितवनको छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्