२० वैशाख २०८१ बिहीबार
image/svg+xml

भारतसम्म पुग्छ म्याग्दीको चरेस

म्याग्दी सदरमुकाम बेनीको कालीपुलबाट एक युवालाई चार किलो ४६ ग्राम चरेससहित प्रहरीले पक्राउ गर्‍यो।

चरेस बनाउने मेसिनसहित सामग्री बरामद

प्रहरीले मालिका गाउँपालिका– २ रुमबाट चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र प्याकिङ गर्ने प्लास्टिक झोला बरामद गरेको छ।

लागु औषधको अत्यधिक प्रयोग बढ्यो मधेसमा अपराध

मधेस प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्मुख बन्दै गएको प्रहरी भनाइ छ।

पुस्तकको कभरमा राखेर हङकङ तस्करी गरिन्छ गाँजा र चरेस

प्रहरी स्रोतका अनुसार पुस्तक पठाउने बहानामा लागु औषध हङकङ पुर्‍याइएको हो। ‘बुक कभरमा लागु औषध विमानस्थलबाट विदेश पुगेको भेटियो’, नेपाल प्रहरीका एक अधिकारीले भने।

काठमाडौंबाट कसरी हङकङ पुग्यो चरेस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ पुगेको गाँजा र चरेस बरामद भएको खुलेको छ। गत साउन २६ गते नेपाल एयरलाइन्सको विमानबाट लगिएको गाँजा र चरेस हङकङमा बरामद भएको हो।

चरेस र झन्डै चार लाख नगद सहित २ जना पक्राउ

कपिलवस्तुमा चरेस सहित २ जना पक्राउ परेका छन। शिबराज नगरपालिका वडा नम्बर ९ बनियाभार लक्करबन्दी ३५ बर्षिया हरि कुमारी रोका (४१ प्याकेट) ४ किलो १०० ग्राम चरेस र ११६ ग्राम गाँजा सहित पक्राउ परेकी हुन।

कैलालीबाट ९ केजी चरेससहित युवक पक्राउ

कैलालीको अत्तरियामा प्रहरीले ९ केजी भन्दा बढी मात्रामा रहेको चरेससहित एक युवकलाई पक्राउ गरेको छ।

भारत हिँडेकी महिला ४ केजी चरेससहित पक्राउ

कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ बसपार्कमा एक महिला ४ किलो चरेश सहीत पक्राउ परेकी छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर. २ राङ्सी की ३४ की पुर्णिमा घर्तिमगरलाई चरेससहित पक्राउ गरेको हो।

५० किलो चरेससहित एक जना पक्राउ

धादिङको थाक्रे गाउँपालिका –१ खयरघारीबाट ५० किलो चरेसहितसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटका प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चरेससहित पक्राउ गरेको हो।

चारजना पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बसपार्क नजिकै भारत लैजाने तयारीमा रहेको ३७ किलो चरेससहित दुईजना महिलालाई पक्राउ गरेको छ ।

३ किलो चरेस बोकेर बैंकक जान लागेका युवक विमानस्थलमा पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३ किलो चरेस सहित १ जना पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका ईलाम मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी ३ किलो लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

सात किलो चरेससहित ४ जना पक्राउ

सुदूरपश्चिमको स्थाई राजधानी घोषणा गरिएको कैलालीको अत्तरियामा ७ किलो चरेस फेला परेको छ। प्रहरीले ७ किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्