३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आयोजकलाई उपाधि

मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप प्रदेश नम्बर१ स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा आयोजक पहिलो भएको छ।

प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका २७ वर्षे राजेश सुलु रहेको प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी लोकबहादुर जिसीले बताए

निःशुल्क स्वास्थ्य शिविर

नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा. खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए।

भक्तपुरको रानीपोखरी सर्वसाधारणको लागि खुल्ला गरिने

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदाहरु मौलिक स्वरुपमा पुनःनिर्माण गर्ने कार्यमा भक्तपुर नपाले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै भक्तपुरको रानीपोखरीको पुनःनिर्माणले गौरवान्वित महसुस भएको जनाए।

कमलपोखरीमा डुबेर बालकको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुवेर ६ वर्षीय एकजना बालकको मृत्यु भएको छ।

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

पानीमा डुबेर दुई दिनमा चारको मृत्यु

घरभन्दा ५ मिटर पश्चिम रहेको पोखरीमा बालिका डुबिरहेको अवस्थामा परिवारका सदस्यले देखेपछि निकालेर उपचारका लागि लहान लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।

सिद्धपोखरीमा लाग्यो मेला

भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने गर्छ। यसपालि मेला भर्न उपत्यकाका हजारौं श्रद्धालु सिद्धपोखरीमा आएका थिए।

भक्तपुरमा पोखरीको पनि मेला

पोखरीको पनि मेला लाग्ने गरेको थाहा पाउँंदा तपाईलाई अच्चम लाग्न सक्छ तर भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ।

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ।

सिद्धपोखरीमा गरियो दीपावली

भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँंझ दीपावली गर्ने गरिन्छ। स्थानीयको अगुवाईमा साँंझ त्यहाँं दीपावली गरिएको हो।

सकियो सिद्धपोखरीको जल उद्धार अभ्यास कार्य

भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा गरिएको जल उद्धार कार्य अभ्यास सकिएको छ। विपतको बेला कसरी उद्धार गर्ने भन्ने सिक्न अभ्यासका लागि उद्धार गरिएको थियो।

कमिसन लिएर ल्याव टेस्ट नगरेको स्पष्टोक्ति

भक्तपुरको सिद्धपोखरीस्थित सान प्याथोलोजी ल्याबले सस्तो र सुलभ दरमा परीक्षण शुल्क लिने गरेको बताएको छ। भक्तपुर अस्पतालसँगै रहेको सो ल्याबका सञ्चालक सञ्जय जाकिबञ्जारले भक्तपुर अस्प्तालका कुनै पनि कर्मचारी र चिकित्सकसँग कमिसन लिएर बिरामीको ल्याब परीक्षण नगरेको र महँगो शुल्क नलिएको स्पष्ट पारेका छन्।

पोखरीमा डुबेर युवकको मृत्यु

मिक्लाजुङ गाउँपालिका– ७ को एउटा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ। १८ वर्षीय नारायण बोहोरालाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्