१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आयोजकलाई उपाधि

मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप प्रदेश नम्बर१ स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा आयोजक पहिलो भएको छ। 

कानेपोखरी–६ स्थित रमाइलोमा भएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कांस्य पदकका साथ आयोजक आइटिएफ तेक्वान्दो डोजाङ, कानेपोखरी पहिलो भएको हो। ८ स्वर्ण, २ रजत र ३ कांस्य पदकका साथ सुनसरी दोस्रो र ७ स्वर्ण,९ रजत र६ कांस्य पदकका साथ झापा तेस्रो भए।

महिलातर्फ मोरङकी इन्दिरा थापा र पुरुषतर्फ सुनसरीका निकेश कटुवाल उत्कृष्ट खेलाडी घोषित भए। अनुशासित टिम पाँचथर भयो। शुक्रबार र शनिबार भएको प्रतियोगितामा मोरङ, सुनसरी,उदयपुर, झापा,ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, तेह्रथमु, धनकुटा, भोजपुर,खोटाङ र आयोजक काने पोखरीका गरी २ सय ५० खेलाडीको सहभागिता थियो।

प्रकाशित: २९ कार्तिक २०७८ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App