coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सकियो सिद्धपोखरीको जल उद्धार अभ्यास कार्य

भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा गरिएको जल उद्धार कार्य अभ्यास सकिएको छ। विपतको बेला कसरी उद्धार गर्ने भन्ने सिक्न अभ्यासका लागि उद्धार गरिएको थियो। 

भारी वर्षाका कारण जलमग्न भएको बेला डुबानमा परेर विपतमा परेकाहरुको उद्धारका लागि त्यहाँ एक हप्ते अभ्यास गरिएको थियो। भक्तपुर जिल्लामा आईपर्ने विभिन्न विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्व तयारी निमित्त अभ्यास गरिएको हो। भक्तपुर नगरपालिका वडा नं १ स्थित सिद्धपोखरीमा सो कार्य भएको थियो। 

अभ्यासपछि त्यहाँ समापन कार्यक्रम पनि गरिएको छ। ‘संयुक्त विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास’को समापन समारोह इन्द्रवक्स गण सूर्यविनायकका गणपति प्र.से श्यामराजाविक्रम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व, महानगरीय प्रहरी परीसर भक्तपुरका प्रमुख प्र.उ शिवकुमार श्रेष्ठ र सशस्त्र प्रहरी वल नं २२ गुहेश्वरीका प्रमुख प्र.उ उद्दव वहादुर न्यौपानेले अभ्यासले आगामी दिनमा आइपर्ने आपतविपदमा सहयोग पुग्ने विश्वास लिए।

कार्यक्रम आर.एन.ए १६ को संयोजकत्व र संयुक्त सुरक्षा फौजको सहकार्यमा भएको थियो।

प्रकाशित: ३ आश्विन २०७८ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App