१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखरीमा डुबेर युवकको मृत्यु

मिक्लाजुङ गाउँपालिका– ७ को एउटा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ। १८ वर्षीय नारायण बोहोरालाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ।  

पोखरीको माछालाई चारो दिन भनेर बोहोरा सोमबार दिउँसो घरबाट निस्किएको र घर नआएपछि खोज्ने क्रममा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

बेपत्ता भएको जानकारी स्थानीयले प्रहरीलाई दिएको र खोजी गर्ने क्रममा पोखरीभित्र डुबेको अवस्थामा शव भेटिएपछि घटनाको अनुसन्धान थालेको डिएसपी श्रेष्ठले बताए।  

प्रकाशित: ८ भाद्र २०७८ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App