१० वैशाख २०७८ शुक्रबार

के गर्छौ त यस्तै रै छ नियतिको खेल प्यारी

बाँचे भने फर्की आउँछु दुखसुख झेल प्यारी, के गर्छौ त यस्तै रै छ नियतिको खेल प्यारी। परदेशीले माया मार्यो भन्दै होलान् बाबाआमा, खान–लाउन पुर्याए है दुई दिन बाँचुञ्जेल प्यारी। बुढा भाका बाआमालाई भिरपाखामा नपठाउनू , बर्खा लाग्यो बढे होलान् खोलानाला भेल प्यारी।

विश्वभरि जताततै कोरोनाको कहर छ

विश्वभरि जताततै कोरोनाको कहर छ,मर्न होइन हजुर मलाई बाँच्न रहर छ। उकुसमुकुस हुन्छ स्वास निसासिन्छ,जता हेर्यो उतैतिर कोरोनाको लहर छ ।

टीका

विगत चार वर्षदेखि छात्रावासमा राखिएकी छोरी हरेक परीक्षामा कृपांकको भरमा कक्षोन्नति गरिएकी थिई। उसले आफूलाई साथीहरू माझ कमजोर ठान्ने हुनाले खुलेर कुराकानी गर्दिनथी। होस्टेल वार्डेनको भनाइले आमाको मनमा च्वास्स घोच्यो। अनुनय गरी उसलाई त्यहाँ राखिछाड्न पनि उनको मनले मानेन।

भर्चुअल प्रेम !

इमेल पढेपछि मुटु ढक्क फूल्यो। हतारहतार फेक आइडीबाट उसको प्रोफाइल खोलेँ। हार्दिक श्रद्धाञ्जली लेखेर थुप्रै फोटो ट्याग भैसकेका रहेछन्। जबरजस्ती मन सम्हालेँ। मैले यति धेरै मन पराएको मान्छेको खरानीसम्म देख्न पाइनँ। यो जुनीमा त सम्भव भएन अर्को जुनी पाएँ भने उसलाई नजिकबाट एक पटक नियाल्न मन छ।

अरूको समस्यामा सल्लाह दिनेहरू, आफूलाई पर्दा धरधरी रुने गर्छन्

सके त पानीमाथि ओभानो हुने गर्छन्, स्वार्थ पूरा भएपछि हात धुने गर्छन्। अरूको समस्यामा सल्लाह दिनेहरू, आफूलाई पर्दा धरधरी रुने गर्छन्।

दाइजो ल्याइनस् भन्दै अझै नारी जिउँदै जलाइँदैछन्

दाइजो दिने धनदौलतले,बाबा मलाई पढ्न दिनु, आत्मनिर्भर बन्ने मन छ, मलाई अघि बढ्न दिनु।दाइजो ल्याइनस् भन्दै अझै, नारी जिउँदै जलाइँदैछन्, यस्तो प्रथाविरुद्धमा, अब मलाई लड्न दिनु।

तिम्रो काखमा शरण पर्न, आउँछु नेपाल आमा

तिम्रो काखमा शरण पर्न , आउँछु नेपाल आमा, तिम्रो ओठमा खुसी छर्न, आउँछु नेपाल आमा। देश दुखेको बेला विदेश, बस्ने रहर छैन मलाई, त्यो लिपुलेक फिर्ता गर्न , आउँछु नेपाल आमा।

कागजको डुङ्गा

जसो गरी पानीमाथि बग्छ फूलको थुङ्गा, त्यसै गरी बग्यो मेरो कागजको डुङ्गा। लेउमा परी अल्झिएर रोकिन्छ कि कतै, बग्दै जाँदा बिच बाटामै ठोकिन्छ कि कतै । भाँजो हाल्न आए आओस् निहुँ खोज्ने ढुङ्गा, तर अघि बढ्छ मेरो कागजको डुङ्गा।

पङ्गा

लोकसेवा दिन गएँ । सिंहदरबारको पर्खाल कसले बनायो भनेर सोधियो । म के जान्नु ? भौतिकशास्त्रीलाई किन चाहियो त्यो । रिसले मुर्मुरिएँ । फेल भएँ । सरकारी कलेजमा गएँ । एकजना हितैषीले सित्तैमा सल्लाह दिए– ‘पार्टी नमिलाई यहाँ त पिरियड बेसिसमा पनि जागिर पाइन्न ।’

आयौ मृदु वसन्त

राम्रो भन्छ वसन्तलाई कविको दुर्दान्त चिन्तन् फगत् आँधी हुण्डरीको चुटाइ कलिला भोग्छन् लता पल्लवित् ज्वालामा जलि मर्दछन् हलहले मुना कलीला जब यो बेला ऋतुराज् वसन्त बढिया भन्छौ कसोरी अब !

बढ्दै गएको छ यो दिलभित्र दूरी आज

बढ्दै गएको छ यो दिलभित्र दूरी आज, कसैले चलाए छ यो मुटुभित्र छुरी आज।शान्त तलाउमा आज देखिँदै छ हलचल, अचानक चलेको छ मनभित्र हुरी आज।

हाइसन्चो

हुन त हो म चाडपर्वमा तास त खेल्थेँ नै । विगतको दशैंमा खेले, तिहारमा खेले । यस वर्षको चाडपर्वमा कोरोना सल्किन्छ कि भन्दै तासजुवादेखि टाढै थिएँ । खेल्ने जाँगर चलेनन् । शरीरको ख्याल गर्ने धाउन्नमा थिएँ । शरीर नै ठूलो सम्पत्ति भन्ने ज्ञान थियो मेरो । लक्ष्मीपूजा अर्थात् हिजो साँझ त्यो पनि नभनौं, बेलुकाको समयको खानापछि फोन आयो, ‘हन कता हौ ? लक्ष्मीपूजा नमनाउने?’

घमन्ड

जिन्दगी खेल न हो, कतिबेला कहाँ कसरी सिद्धिन्छ्, कसैलाई थाहा छैन पानीको फोकाजस्तै हिजोको मान्छे आज छैन, आजको भोलि छैन, भोलिको पर्सि नहुन पनि सक्छ्, त्यसैले नगर घमन्ड, अन्त्यमा सबै खरानी भएर, माटो भएर त्यहीँ बाटो जानु छ।

सोच

ऊ विरामी श्रीमतीको छेउमा बसेर कुरा गरिरहेका थिए –साँच्चि प्रभा ती उषाका छोरालाई त कोराना पो लागेको छ अरे त नि । विदेशमा कति नेपालीहरू नि मरिसके भन्छन्। –साँच्चै हो र ? प्रभाको बोलीमा तागत आएझैँ सुनियो।–तिमीसँग को ठट्टा गर्छ त नि । उनका श्रीमान् जगदिश दाइ त सुनेर प्रेसरले ढले अरे,अस्पताल लगिरछन। प्रभाको धुम्म परेको अनुहारमा एकाएक चमक आयो , काँडो झिकेझैँ भयो विमार।

सुगन्ध छर्ने कस्तुरी मरेपछि दुर्गन्धित सिनो बन्दोरहेछ,

सुगन्ध छर्ने कस्तुरी मरेपछि दुर्गन्धित सिनो बन्दोरहेछ,मिलनमा महझैं गुलियो बिछोडमा अमिलो बन्दोरहेछ।भुंग्रोको माछाझैं छट्पटिएर रात काट्न मुस्किल भो , आधा–रातमा बिउँझिदा आखिरमा रात अनिदो बन्दोरहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्