३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना

पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढलाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बताएको छ।

पर्यटन क्षेत्र: चिनियाँ पाहुनाप्रति सकारात्मक अपेक्षा

चीनको खुकुलोले नेपालमा पर्याप्त चिनियाँ पाहुना आउने अपेक्षा व्यावसायीले थियो। यतीसम्मकी पोखरामा लामो समय सुस्ताएका चिनियाँ पाहुना लक्षित होटल र रेस्टुरेन्टले स्वरुप नै बदलेका थिए। चिनियाँ पाहुनाका लागि व्यावसायीले आफुलाई त तयार पारे, तर, त्यो अनुसार पाहुना भने नभित्रिएको दुखेसो उनीहरुको छ।

पाहुना स्वागत गर्न पोखरा आतुर

पर्यटन व्यवसायीका अनुसार सन् २००० ताका पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत मात्र थियो। अहिले त्यो हिस्सा ३५ प्रतिशत नाघिसकेको छ।

पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खैयरकन्द्रा घरबास

सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरबास सञ्चालनबारे तालिम लिएका छन्।

कात्तिकमा झन्डै ८० हजार पाहुनाले मुस्ताङ घुमे

कात्तिक महिनामा मात्र हिमालपारिको जिल्ला मुस्ताङमा झन्डै ८० हजार पाहुना पुगेका छन्। ती मध्ये ७३ हजार ८ सय ७९ जना आन्तरिक र ५५ सय ४ जना विदेशी पाहुना रहेको मुस्ताङ प्रहरीले बताएको छ। सबैगरि ७९ हजार ३ सय ८३ जना पाहुना मुस्ताङ पुगेको प्रहरीको तथ्यांक रहेको छ।

अन्नपूर्ण क्षेत्रका व्यावसायी भन्छन्ः कोरोनापछि सबैभन्दा बढी पाहुना यो सिजनमा

अन्नपूर्ण फेरो पदमार्गमा पर्ने मनाङका होटलको अकुपेन्सी अहिले पनि ७० प्रतिशत हाराहारीमा छ। केहीदिन अघिसम्म सतप्रतिशत रहेको अकुपेन्सी चिसो बढ्दै जान थालेसँगै बिस्तारै घट्न थालेको त्यहाँका व्यावसायीले बताएका छन्। तर, मूख्य सिजनमा विदेशी पाहुनाको आगमन भने उत्साहजनक रहेको त्यहाँका व्यावसायीले बताए।

घुम्न आएका विदेशीलाई भाइटीका

पोखरा घुम्न आउने पर्यटकहरु फरक समयमा फरक तरिकाले रमाउन पाउँछन्। असारे रोपाइँ महोत्सवदेखि अंग्रेजी नयाँवर्ष, होली, भाइटीका महोत्सव यहाँ पाहुना रमाउन पाउने केही नियमित कार्यक्रम हुन्। यी बाहेक अरुखाले मेला महोत्सव पनि पोखरामा नियमित जसो भईरहन्छन्, जहाँ विदेशी पाहुना निकै नै रम्न पाउँछन्।

तिहारको रमझम, ‘लेकसाइड’मा छमछम...

चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।

दसैंले चलायमान बनाएको पोखराको पर्यटन

लामो समयदेखि पोखराको पर्यटन क्षेत्रले पाहुना नआएको गुनासो गरिरहेको छ। पृथ्वी राजमार्ग बिस्तार चलिरहँदा पाहुना आगमन प्रभावित भएको गुनासो व्यावसायीले गरिरहेका छन्। राजमार्ग बिस्तारको असर अहिले दसैंको लामो बिदामा समेत परेको उनीहरुले बताए।

इजरायल द्वन्द्व: हिँड्दा हिँड्दै मोडियो इजरायलीको पाइला

एकाएक आफ्नो मुलुकमा द्वन्द्व चर्केको भन्दै अहिले नेपालको पदयात्रामा आएका इजरायली पर्यटकहरु धमाधम पदयात्रा त्यागेर स्वदेश फर्किन थालेका छन्।

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएर पुन पारो फर्किनेगरि आगामि शनिबार उडान गर्दैछ। ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ४० जना पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले जहाज चार्टर्ड गरेको छ। नेपाल भित्रिएका ती पाहुनालाई लिन ड्रुकको जहाज पोखरा आउन थालेको हो।

‘अफसिजन’लाई भारतीय पाहुनाको राहत

व्यावसायीका अनुसार एकसाता अघिसम्म पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशत हाराहारी थियो। अहिले घटेर २० प्रतिशतमा झरिसकेको छ। तर, जे जति पाहुना होटलमा छन्, ती मध्ये अधिकांश भारतीय पाहुना रहेको व्यावसायी बताउँछन्।

चिनियाँ पाहुना आकर्षण गर्न फेवातालमा ‘ड्रागन बोट रेस’ फेस्टिभल गरिँदै

पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल आयोजना हुने भएको छ। बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने लक्ष्य सहित ड्रागन बोटरेस फेस्टिभल आयोजना गर्न थालेको आयोजकले बताएको छ। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल हुने आयोजकले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्