१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विवाहमा गएका ३५ पाहुना अपहृत

उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका करिब ३५ जना पाहुनाहरू अपहरणमा परेका छन्। अपहरणकारीहरूले अपहरण गरेका सबै ३५ जना महिला रहेका बताइएको छ।

कटसिना राज्यमा भएको उक्त सामूहिक अपहरण भएको अधिकारीहरूले बताएका छन्। अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा यो हालसम्मकै ठूलो अपहरण रहेको पनि बताइएको छ।

प्रहरी प्रवक्ता अबुबकर अलियुले बिहीवार राति साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेकामाथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको बताए। राज्यको आन्तरिक सुरक्षा आयुक्त नासिरु मुआजले बेहुलीलाई बेहुलाको घर पुर्‍याउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको उनले बताए।

आयुक्त मुआजले बासिन्दाहरूसँग रातको समयमा यात्रा नगर्न आग्रह गर्दै सुरक्षाकर्मीले अपहृतहरूलाई खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेको बताए। रासस

प्रकाशित: २३ माघ २०८० ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App