२८ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं विश्वविद्यालयका ‘भ्रष्ट र विवादित’ पदाधिकारीलाई पुनः नियुक्ति नगर : डा. केसी

चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बसेका प्रा. डा गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका भ्रष्ट र विवादित पदाधिकारीलाई पुनः नियुक्ति नगर्न सरकारलाई चेतावनी दिएका छन्।

काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि ‘सर्च कमिटी’

काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे सर्च कमिटी बनाएको छ। कमिटीले सिफारिस गरेका व्यक्तिहरू मध्ये एकलाई प्रधानमन्त्रीले भिसीमा नियुक्त गर्ने अहिलेको व्यवस्था रहेको छ।

‘कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी समायोजन गर्नू’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको पद, दरबन्दी र समूह किटान गरेर मात्र कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारी र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले बुधबार कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको हो ।

काठमाडौं उपत्यकाको यातायातमा लागू जोर-बिजोर प्रणाली शुक्रबारदेखि हटाइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी शुक्रबारबाट जोर÷बिजोर प्रणाली हटाइने जानकारी दिएको हो।

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान हुँदै

काठमाडौंका मुख्य सडकमा दुई हजार आधुनिक सडक बत्ती जडान हुने भएको छ। सडक विभाग, काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच विहीबार १७ करोड लागतमा दुई हजार आधुनिक खालका सडक बत्ती बाल्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

काठमाडौं चिनाउने स्थानीय पाठ्यपुस्तक तयार

नयाँ पुस्तालाई काठमाडौंको मौलिक सभ्यता र संस्कृति चिनाउने उद्देश्यले महानगरपालिकाले स्थानीय भाषाको पाठ्यपुस्तक तयार गरेको छ। नेपाल भाषामा तयार पारिएको ‘यें देय् म्हसीके’ नामाकरण गरिएको पाठ्यपुस्तक तयार भएर छपाईको लागि प्रेसमा पठाइ सकेको काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोती खनालले बताए। अर्थात् यें भनेको काठमाडौं, देय् भनेको राज्य र म्हसीके भनेको परिचय हो।

राजावादीले जुलुस गर्न थालेपछि काठमाडौं प्रशासनले दियो कारबाही गर्ने चेतावनी

केही दिनयता राजावादीले देशका प्रमुख सहरमा शक्ति प्रदर्शन गरिरहेका छन्। यसै क्रममा साेमबार उनीहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका थिए।

काठमाडौंकी एक महिलाले हराएको १८ तोला गहना प्रहरीले फेला पारिदियो

काठमाडौंमा प्रहरीले भेटेको १८ तोला गरगहना र ३१ हजार ५०० रुपैयाँ सम्बन्धित धनीलाई बुझाएको छ।

काठमाडौं उपत्यकामा कोरोनाबाट संक्रमितको संख्या एक लाख नाघ्यो

शुक्रबार थपिएका संक्रमितसँगै काठमाडौं उपत्यकामा मात्रै कोरोनाले संक्रमण गरेका व्यक्तिको संख्या लाखभन्दा माथि पुगेको छ।

बेरोजगार बनेका व्यक्तिले वडा कार्यालयमा सम्पर्क गर्नू, रोजगारी दिन्छौं : काठमाडौं महानगरपालिका

कोरोना महामारीका कारण रोजगारी गुमेका काठमाडौं महानगरवासीलाई स्थानीय सरकारले रोजगारी दिने भएको छ।

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ।

पाकानोन र चियानी उत्कृष्ट खेलाडी

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनामकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन् ।

नेपाललाई चार स्वर्ण

नेपालले काठमाडौंमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा आइतबार ४ स्वर्ण जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्