९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राजावादीले जुलुस गर्न थालेपछि काठमाडौं प्रशासनले दियो कारबाही गर्ने चेतावनी

काठमाडौं जिल्ला प्रशासन कार्यालय

राजावादीले जुलुस गर्न थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ।  

केही दिनयता राजावादीले देशका प्रमुख सहरमा शक्ति प्रदर्शन गरिरहेका छन्। केही दिनयता राजावादीले देशका प्रमुख सहरमा शक्ति प्रदर्शन गरिरहेका छन्। यसै क्रममा साेमबार उनीहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका थिए। 

त्यसैलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो।  

कोरोना महामारीका बेला भीडभाड हुने कुनै पनि गतिविधि नगर्न सरकारले लागू गराएको स्वास्थ्य मापदण्डविपरीत जिल्लामा सभा, जुलुस भइरहेको खबर आएको भन्दै काठमाडौं प्रशासनले त्यसो नगर्न चेतावनी दिएको हो।  

प्रशासकीय अधिकृत कमलप्रसाद पनेरुले जारी गरेको सूचनामा भनिएको छ– ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै : सभा, जुलु, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहररू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमको भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भीडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउन हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ।’

चेतावनी दिँदै अगाडि भनिएको छ- माथि उल्लेख भएबमोजिमको क्रियाकलाप गरे/गराएको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने व्यहोरासमेत सबैमा जानकारी गराइन्छ।’

 

यो पनि पढ्नुहोस्

राजावादीको प्रदर्शन योगी नरहरिनाथको भद्दा नक्कल : डा. भट्टराई

 

प्रकाशित: १६ मंसिर २०७७ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App