१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

‘परदेशी आए, कोरोना ल्याए’

एक साता अघिसम्म जुम्ला निकै सुरक्षित थियो । जुम्ला भित्रिएका अधिकांशको पिसिआर परीक्षण भएर रिपोर्ट आइसकेको थियो । केहीको आरडिटी परीक्षण गर्दा नेगेटिभ आइसकेको थियो ।

भुल्केमा यसरी नियन्त्रणमा आयो कोरोना

वैशाख ५ गते एकैदिन ११ जमातिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै उदयपुरको भुल्के एकाएक चर्चामा आयो । ‘भारतीय धर्मप्रचारहरु लुकेर बसेको’ स्थानीयले रिपोर्ट गरे अनुसार प्रहरी प्रशासनले अनुगमन गर्दा त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदमा १२ भारतीयसहित १६ जमाति भेटिएपछि मस्जिदलाई क्वारेन्टिनमा परिणत गरी त्यहीँ राखियो ।

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन्।

सुकुटे क्षेत्रका ११ रेष्टुराँलाई क्वारेन्टिन बनाइदै

सुनकोसी नदी बगरको पर्यटकीय हब सुकुटे क्षेत्रका ११ होटल, रेष्टुँरालाई क्वारेन्टिन बनाइने भएको छ । पछिल्लो समय मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्नुका साथै सरकारले तेस्रो मुलुकमा रहेका नेपाली फर्काउने तयारी गरेपछि जिल्लामा क्वारेन्टिनको क्षमता बिस्तार गर्न लागिएको हो ।

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । मंगलबार कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना विरुद्धको कोषमा जापानबाट राईको एक लाख सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको कोषमा एकजना दाताबाट एक लाख रुपैयाँ सहयोग जम्मा भएको छ ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

बाँकेमा कोरोना संक्रमित हुनेको संख्या १ सय ८९ पुग्यो

बाँकेमा ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा नेपालगन्ज, नरैनापुर, खजुरा र बैजनाथका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतबाट फर्केका चार हजार क्वारेन्टिनमा

भारतबाट फर्केका चार हजार १ सय ७२ जना क्वारेन्टिनमा बसेका छन् । बैतडीका १० वटै स्थानीय तहले विभिन्न वडामा बनाएका क्वारेन्टिनमा बसेका हुन् ।

कर्णाली थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

दैलेख नारायण नगरपालिकामा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

मृतक छोराको नाममा कोरोना विरुद्धको कोषमा रकम जम्मा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका पदमकुमार राईले मृत छोराको नाममा कोरोना भाइरस विरुद्धको कोषमा रकम जम्मा गरिदिएका छन् ।

अमेरिकामा सन् १९४८ पछिकै सवैभन्दा धेरै बेरोजगार

कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्