७ वैशाख २०८१ शुक्रबार
कला

कोरोनाको विश्व भ्रमण

कविता

राजश्री तिम्सना

राजश्री तिम्सना

कक्षा: ७, काष्ठमण्डप विद्यालय, मण्डिखाटार, काठमाडौं

 

कोरोना भाइरस नयाँ रोग आएको छ ।

संसारभर डर र त्रास फैलाएको छ ।।

संक्रमण दिन दिनै बढिरहेको छ ।

आफन्तको मृत्युलाई टुलुटुलु हेर्नु परेको छ ।।

 

स्कुल विदा छ, अहिले घरमा नै बसौं हामी ।

सामाजिक दूरी कायम गरी रोगवाट बचौं साथी ।।

साबुन पानीले मिचिमिचि हात धुनुपर्छ ।

ज्वरो बढि आएमा अस्पताल जानुपर्छ ।।

 

विश्व भ्रमणमा छ, कोरोना भाइरस अहिले ।

संसार घुम्दै रमाउँदैछ, हराउने हो कहिले ।।

उच्च मनोबल बनाई, कोरोनासँग लड्नुपर्छ ।

हराई यसलाई छिटो, स्कुलमा फेरी रमाउनुपर्छ ।।

 

कोरोना मार्ने औषधिको चाँडै विकास होस् ।

संसारमा कोहि पनि यसवाट मर्न नपरोस् ।।

साथीभाइसँग रमाईलो गर्दै स्कुलमा पढ्न पाइयोस् ।

डर र त्रासमा होईन हाँसेर बाँच्न पाइयोस् ।

प्रकाशित: १८ जेष्ठ २०७७ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App