१२ मंसिर २०८१ बुधबार
image/svg+xml

महर्षि महेश योगीको जन्मजयन्ती

वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गरेका महर्षि महेश योगीको १०२ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा लाग्न आह्वान गरे।

हजुरआमाको हत्या गर्नेलार्ई जन्मकैद

हजुरआमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक महिलालाई जन्मकैदकाे सजाय दिइएको छ। जिल्ला अदालत भोजपुरले नातामा हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा टेम्के मैयुङ गाउँपालिका ९, लेखर्ककी २६ वर्षीय रिमा भनिने रेम कुमारी राईलाई जन्मकैदकाे सजाय सुनाएको हो।

सिलौटाले प्रहार गरी बृद्दको हत्या आरोपितलाई जन्मकैद

सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ। महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

पुस्तक वितरण गरेर जन्मदिन मनाउँछन् विद्यार्थी

स–साना विद्यार्थीले आफ्नो जन्मदिन कसरी मनाउलान्। धेरैको सहज जवाफ हुनसक्छ– स्कुलका आफ्ना सहपाठीहरूलाई चकलेट बाँंडेर वा भोज खुवाएर। तर भक्तपुरको एउटा स्कुलका विद्यार्थीले आफ्नो जन्मदिन उदाहरणीय काम गरेर मनाउने गरेका छन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थी आ–आफ्ना जन्मदिनमा जम्मा पारेको रकमले पुस्तक किनेर दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क बाँड्छन्।

जन्म आधारका नागरिक सन्तान पनि वशंज

सर्वाेच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका कुनै पनि नेपालीका सन्तानले वशंजका आधारमा नागरिकता पाउने फैसला सुनाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो।

आउनै लागेको हो अधिनायकवाद ?

मानिसका जन्मसिद्ध ५ प्रकारका स्वभाव हुन्छन्– ९१० ऊ जीवन चाहन्छ, मर्न चाहँदैन। ९२० स्वतन्त्रता चाहन्छ, पराधीन बन्न चाहँदैन। ९३० शासन गर्न चाहन्छ, शासित हुन चाहँदैन। ९४० ज्ञानको भोक अर्थात नयाँ कुरा जान्ने उत्सुकता हुन्छ। ९५० आनन्द चाहन्छ। यी ५ चाहना भनौँ या स्वभाव, यीभन्दा बढी अरु केही चाहना मानिसको हुँदै हुँदैन। यी शाश्वत स्वभावबाट कोही निवृत्त हुनै सक्दैन।

पर्यटन कार्यालय स्थापना नहुँदा व्यवसायी मर्कामा

बुद्ध जन्मस्थल लुम्बिनी देशकै प्रमुख पर्यटकीय गन्तव्य हो। रुपन्देहीको बेलहिया स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो। नेपालगन्ज नाकाबाट पनि उल्लेख्य पर्यटक नेपाल आउँछन्।

मन्दिरमै जन्मियो बच्चा

राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले बच्चा जन्माएकी छन्।  स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै बालिकालाई जन्म दिएकी हुन्।

व्यासलाई विश्व वेद पुजन मुख्यस्थल घोषणा गरिने

चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहँुको व्यासक्षेत्रलाई विश्व वेद पूजनको मुख्यस्थल घोषणा गर्न लागिएको छ। वेद–अनुयायी प्रतिष्ठान नेपालले आगामी कात्तिक १ गतेदेखि एक महिना आयोजना गर्न लागेको ओमकार परिवार महामिलन कार्यक्रममा यस्तो घोषणा गर्ने बताइएको छ।

बलात्कारपछि हत्या गर्ने अभियुक्तलार्इ जन्मकैदकाे सजाय

१६ वर्षीया किशाेरीलार्इ बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलार्इ सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएकाे छ।

यसरी मनाइयो काठमाडौंमा गान्धी जयन्ती

भारतका राष्ट्रपिता महात्मा गान्धीको १५० औं जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख एवं अहिंसावादी व्यक्तित्व गान्धीको जन्मजयन्तीमा भारतीय राजदूतावासले मंगलबार साँझ राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गरी तस्बिर प्रस्तुत गरेको छ।

राष्ट्रकवि घिमिरेको सयाैं जन्मदिन (फोटो फिचर)

राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतवार एक सय वर्षमा प्रवेश गरेका छन्। सय वर्ष पुगेको अवसरमा घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। सय वर्षमा प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन विहानैदेखि आफन्त, छिमेकी र शुभचिन्तकहरु उनको निवास पुगेका छन्।

राष्ट्रकविलाई राष्ट्रपतिको ह्याप्पी वर्थडे

राष्ट्रकवि माधव घिमिरे सय वर्षमा पुगेका छन्। घिमिरेको १०० औं जन्मजयन्ती आज लैनचौरस्थित उनको निवासमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्