बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा
न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्।
न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्।
विभिन्न पार्टीको नाममा नक्कली लेटर प्याड तयार गरी चन्दा असुल्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चन्दा उठाएर चलिरहेका दल भन्दा साझा पार्टी अब्बल रहेको बताएका छन्। लुम्बिनीमा भइरहेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक मिश्रले तीन वर्षमै नेपालमा वैकल्पिक राजनीतिक गुरुत्वाकर्षणको केन्द्रमा साझा पार्टी छ।
भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख रुपैयाँ चन्दा संकलन गरेर यहाँको एउटा मन्दिरमा सुनको जलपसहितको छाना निर्माण गरेका छन्।
भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख चन्दा संकलन गरी स्थानीय एउटा मन्दिरमा सुनको जलपसहितको छाना लगाएका छन्।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्। उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उनले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गरेका हुन्। डिआइजी शाहले भने, ‘हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन? राज्यभन्दा ऊ ठूलो भयो? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपाई हामी सचेत हुन जरुरी छ।’
अगेनामा परी शुक्रबार सख्त घाइते पाँच महिने शिशुको उपचाका लागि किरात राई यायोक्खा खोटाङले चन्दा संकलन सुरु गरेको छ।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो ।
प्रहरीले विप्लव नेतृत्वको नेकपामा नेता माइला लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद गरेको छ। लामालाई आज विहान प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो। उनी सहित रमेश तामाङ पनि पक्राउ परेका थिए।
गाउँघरमा लुकीछिपी चन्दा माग गरिहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी डिएसपी सुमीत खड्काले जानकारी दिए।
निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन्। एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
प्रतिनिधि सभाको बैठक जारी छ। संसद बैठकको सुरुमै गिरिशचन्द्र लाल आयोगको प्रतिवेद सार्वजनिक गर्न राजपा सांसद चन्दा चौधरीले आग्रह गरिन्।
काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त अधिकतर निजी मेडिकल कलेजहरूले ‘चन्दा’ भन्दै सरकारले तोकेभन्दा १५ लाख रुपैयाँ बढी शुल्क असुली गरेको पाइएको छ। अवैध शुल्क असुल्नेमा शैक्षिक संस्थाहरू विराट, नोबेल, नेपाल, काठमाडौंलगायत आधा दर्जनभन्दा बढी मेडिकल कलेजहरू रहेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको मेडिकल कलेजको शुल्क विवाद उपसमितिमा परेको उजुरीमा ती मेडिकल कलेजहरूकमा अध्ययनरत विद्यार्थीसँग ‘चन्दा’ भन्दै अवैध शुल्क असुली गरेको तथ्य खुल्न आएको हो।
महेश्वर चामलिङ राई । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह गाउँकेन्द्रित हुन थालेको छ। गतसाता सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहले आफ्ना गतिविधि तीव्र पारेको छ।
करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वालालम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथम सचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्। ‘काठमाडौंमा हामी शिशु स्याहार केन्द्र चलाइरहेका छौं, उक्त केन्द्रलाई सहयोग जुटाउन मलेसियामा रहेका नेपालीबाट चन्दा उठाउन चिठी बनाइदिनुपर्याे,’ ती युवतीले मुखियालाई आग्रह गरिन्।