९ मंसिर २०८१ आइतबार
image/svg+xml

लुटेरा समूहलाई चन्दा नदिनुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवतर्फ संकेत गर्दै लुटेरालाई चन्दा नदिन भनेका हुन्। ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस’, ओलीले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन। यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन।’

अस्पतालका लागि करोड उठाउने अभियान

थुलुङ दूधकोसी गाउँपालिका–७ नम्बर वडा कार्यालयले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने अभियान सुरु गरेको छ। गाउँपालिकाको केन्द्र मुक्लिमा दूधकोसी सामुदायिक अस्पताल बनाउन वडाका नागरिकबाट एक करोड चन्दा संकलन गर्ने लक्ष्यका साथ अभियान थालिएको वडाअध्यक्ष रामसघर्ष किरातीले जानकारी दिए।

ज्यान गयो सर्वसाधारणको

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो।

चन्दाको रकम १० लाखसम्म पु-याइयोस्

उद्योगी व्यवसायीहरुले संघसंस्थाहरुलाई १० लाखसम्म चन्दा रकम दिन पाउने नीतिगत व्यवस्था गर्न माग गरेका छन्। सरकारले तयार गरेको औद्योगिक व्यवसाय ऐन, २०७५ को मस्यौदामा रहेको प्रावधानलाई संशाेधन गर्दै १० लाख रुपैयाँसम्म चन्दा दिन सक्ने व्यवस्था गर्न संसोधन हालेका हुन्।

चन्दा गिरी ‘मिसेज नेपाल’

विवाहित महिलाबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले मिसेस नेपाल इन्टरनेसनलको ताज चुमेकी छिन्।

डोल्पामा विप्लव माओवादीको चन्दा आतंक, जथाभावी चन्दा उठाउने कार्यकर्ता निश्कासित

नेत्र विक्रम चन्द(बिप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई चन्दा दिन दबाब दिएको छ।

चन्दाबाट दश किलोमिटर सडक निर्माण

अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन्।

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

चन्दा आतंकले व्यापारी तनावमा

सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् । प्रदेश नंम्बर १ अन्तर्गत उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् ।

चन्दा दिने गैससलाई एक लाख जरिवाना

निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई  चन्दा, सवारी साधनलगायत अन्य सहयोग गर्ने एनजिओ/आइएनजिओलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। संसद्ले शुक्रबार पारित गरेको निर्वाचन कसुरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था राखिएको छ।

चन्दा असुल्नेलाई छुटाउन प्रिन्सिपल

विद्यालय-कलेजबाट अनधिकृत चन्दा असुली गर्दै आएका राजनीतिक एवं अन्य समूहसँग शैक्षिक क्षेत्रकै केही व्यक्ति संलग्न रहेको आशंका गरिएको छ।

चन्दा माग्ने पूर्व सभासद पक्राउ

काठमाडौं- प्रहरीले बागबजार क्षेत्रमा चन्दा उठाउँदै गरेको अवस्थामा नेकपा क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभाषद शिवराम यादव सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्