१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

लुटेरा समूहलाई चन्दा नदिनुस्ः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवतर्फ संकेत गर्दै लुटेरालाई चन्दा नदिन भनेका हुन्। ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस’, ओलीले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन। यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन।’

ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारे। ‘पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन्’, उनले भने।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह समेत गरे। जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विश्वास पनि डगमगाउने उनको भनाई छ। ‘जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ’, उनले भने, ‘त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले  दृष्टिकोण बनाउने हुन्। यसमा सबैले सजग हुनुपर्दछ।’

उनले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभुल्न पनि जनप्रतिनिधिलाई स्मरण गराए। ‘अवसरहरु सक्षम र गरिबलाई दिनुस् आफ्ना छोराछोरीलाई होइन’, ओलीले भने, ‘निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो।’ 

प्रकाशित: २९ फाल्गुन २०७५ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App