९ मंसिर २०८१ आइतबार
image/svg+xml

चुम्बा चिन्तन

प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए। छोराको स्कुल छुट्टी सकिएको हुनाले उनी जर्मनी फर्किसकेका छन्।

प्रिन्स फिलिपको महाप्रस्थान

फिलिपले ७३ वर्षसम्म महारानीको दुई कदम पछि रहेर जीवनका हरेक उकाली ओरालीमा एउटा बलियो संरक्षण दिए। बेलायती राजतन्त्रलाई विश्वसामु अटल राख्न पर्दा पछाडिको भूमिकामा जुटिरहे।

क्याप्टेनका कलम

सायद त्यसपछि हामीबीच भेट हुन सकेन । खुशीको लड्डु खाएर छुट्टिएको भेट नै अन्तिम भेट बन्यो हाम्रो । एकैपटक भाइटीकाको राति खबर आयो हामी सबैलाई छोड्नुभएको । यद्यपि क्याप्टेनसापसँगको मित्रता कायमै छ । उहाँको शरीर नभए पनि उहाँले बताउनुभएका संस्मरणहरू कानमा गुन्जिरहेका छन् । कतिपय सन्दर्भमा सिकाउनुभएका कतिपय कुराहरू मुटुमा टाँसिरहेका छन् ।

भनाइ

मोहीको स्वाद जिब्रोमा झुन्डिएर होला उनी दिनहुँ बहाना बनाउँदै काइँलीको घर छिर्न थालिन्। छोरो धनेलाई भने उनको यो चाला मन परेको थिएन। एकदिन सबै मोही अन्तै पुरयाउनुपर्यो।हकै लाग्ने गरेर उनी कराउन थालिन् – म डाँडापारिकी जूनजस्ती बुढीलाई जाबो एक गिलास मोही दिन पनि गारो मान्यौ है ? आमाछोरा नै अनेकौँ बहाना पो बनाउन थाले।

सावधान

सम्हालिएँ अनि मनमनै ईश्वरलाई धन्यवाद दिएँ । अपरिचितहरूलाई सहजै विश्वास नगर्नू है छोरी भनेर संस्कार सिकाउने बुबाआमालाई सम्झिएँ । धन्न , मैले उसले दिएको दवाई खाइन। जो मान्छे, हवाईयात्रामा मेरो छेउको सिटमा थियो उसको हातमा हतकडी थियो र साथमा अर्धचेतन अवस्थामा रहेकी महिलालाई एम्बुलेन्समा राखिँदै थियो ।

विलियम वर्डस्वर्थलाई भेट्न लेक डिस्ट्रिक्टतिर

केही जोडीहरू वोटिङमा व्यस्त थिए । हामी भने रिडल, याम्बल साइट, किन्डल, ल्याङडेल घुम्दै हामीले जान चाहेको खास ठाउँ ‘ग्रासमेयर’ तर्फ लाग्यौँ । जहाँ वर्डसस्वर्थको कटेज थियो– ‘डोभ कटेज’ । खरले छाएको होचो दुई तेल साधारण घर तर छ विश्वप्रसिद्ध । जसलाई हेर्न संसारका कुनाकुनाबाट मानिसहरू आउँछन् । यही घरमा वर्डस्वर्थले आफ्नो जीवनका महत्वपूर्ण आठ वर्ष बिताएका थिए । यही डोभ कटेजको नजिकै वर्डस्वर्थ म्युजियम रहेछ जहाँ वर्डस्वर्थले प्रयोग गरेका लठ्ठी, टोप , किताब र तस्वीरहरूको संग्रह छ ।

नयाँ वर्ष

सबैलाई नयाँ वर्षको शुभकामना भन्ने शब्द नै गुन्जायो, वरपर साथीसँगी सबले भन्ने गर्दछन् नयाँ वर्ष आयो। बेली अनि चमेलीले नयाँ बास्ना छर्दै स्वागत गर्दै छन रे,बनभरि गुराँस र सुनाखरीले पनि मृदु मुस्कान छर्दै छन् रे।बनपाखामा मयूर प्वाँख फिँजाई स्वागतमा नाच्दै छन् रे, नदीनाला मुस्कुराउँदै कलकल बग्दै स्वागत गर्दै छन् रे।सल्लाका बोटले सुसाउँदै नयाँ वर्षलाई डाक्दै छन् रे,धुपीका बोट पनि स्वागतका लागि रमाउँदै हाँस्दछन् रे। आहा आयो रे नयाँ वर्ष उमंगको साथमा आयो,सबैको मनमा नयाँ जोस जागर र उमंग ल्यायो।

टिका

पूजाले हजुरआमालाई जबर्जस्ती टिका लगाइदिन खोजिन् – ए नानी , किन यसरी कर गरेर टिका लगाइदिन खोज्छ्यौ। मैले यो टिका लाएँ भने देशमा शान्ति छाउँछ र ? चन्दन लगा’कै छु । किन लाउनु यो रातो टिका ?

काठमाडौँ मोह

उनको कविता सुनेर मान्छेहरूले पर्र ताली बजाए । सबैले वाहवाह भन्दै अनुहारभरि खुसी ल्याए । केही क्षणपछि कार्यक्रम सकियो । त्यसपछि कोही अतिथिसँग परिचित हुन गए । कोही आआफ्नो मन मिल्नेसँग गफ गर्न थाले । कहिले सकिएला र हिँडी हालौला भन्नेहरूचाहिँ दौडिहाले । एक जना अधबैसेले उनीसँग हात मिलाउँदै भन्यो — तपाईँको कविता बडो मनपरयो । भानुभक्तले नदेखेको तपाईंले देख्नुभो। काठमाडौंको क्या मजाले धज्जी उडाउनुभो।

१०१ प्रथम नेपाली महिलाः को, कहिले

हाम्रो समाजले नारीलाई उच्च सम्मान दिँदै आएको छ प्राचीन कालदेखि नै । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवीदेवताका बास हुन्छ भन्ने मान्यता छ हाम्रो । प्रायः सुनिन्छ नारी भनेका आधा आकाश हुन् तर आधा होइन पूर्ण आकाश भन्नुपर्ने पर्ने देखिन्छ उनीहरूका देनलाई केलाउँदै जाने हो भने । नारीबिना कोही पनि पूर्ण हुँदैन । न समाज पूर्ण हुन्छ न घरपरिवार नै ।

सेलाएको सयपत्री

आज दिपक आउने भएकाले चार बजे नै घरका परिवार सबै जना एयरपोर्ट जान हिँडे । समयमै जहाज आयो। दिपक आएन । फोन गर्दा स्वीचअफ आइरहयो । कसैगरी दिपकको खबर थाहा भएन। सॉझको समाचारमा दिपकको सुतेकै ठॉउमा मृत्यु भएको समाचार आयो । केही दिनपछि लास आयो। दिपकको अनुहार नचिनिने थियो। उस्ले कमाएको पैसा सामान केही आएन। त्योभन्दा बढी घरभरि शोक व्याप्त थियो।

मुरलीको धुन

हिरालाई लक्ष्मणले बजाएको मुरलीको धुनले यसरी तानेको लगभग पाँच वर्ष भइसकेको थियो । दिनहुँजसो उनीहरूको भेट हुन्थ्यो । उनीहरू सामान्य बोलचाल गर्थे । दुवै मुसुक्क मुस्काउँथे र आआफ्नो काममै व्यस्त हुन्थे ।पाँच कक्षा पढ्दापढ्दै पढाइलाई बिट मार्न बाध्य हिरा धेरै पढ्न चाहन्थिन् । तर, दुर्भाग्य एघार वर्षको उमेरमा उनलाई ठूलो बज्रपात पर्‍यो। घाँस काट्न गएकी आमा भीरबाट लडेर मरेपछि उनको कलमको बिर्को सधैँलाई बन्द भयो।

जीवनको स्मित सर्ग

निकै समयपछि एकतमासले मन चस्किरहेको बेला 'ल बधाई छ अपरेसन सफल भयो। आउनुहोस् हल्ला नगरी, हेर्न सक्नुहुन्छ।' मेरो अगाडि आएर कसैले भन्यो। म आतुरताकासाथ उनको पछिपछि लागे। मुकेशलाई नभेटुञ्जेल मुकेशलाई छोरीको रूपमा अनुदित गरेर आकार बनाइरहेकी थिए । उसको छेउमा पुगेपछि लडबडाउँदो आवाज निकालेर” मामु म हजुरहरूकी मुस्कान भएकोमा खुसी छु। बाबालाई पनि मुस्कान ठिक छ भन्दिनु” भनी। अनि उसका निदारमा सुमसुम्याए । उसको स्पर्श पाएर स्नेहसिक्त मेरा आँखा बर्सिन थाले । बाहिर निस्किएर मैले तुरन्त रुपेशलाई फोन गरेर भने– अपरेसनन सफल भयो । हामीलाई बधाई छ।”

डाक्टर सा’प हुनुहुन्न

‘डाक्टर सा’प हुनुहुन्न, अर्को अस्पताल लैजानोस् ।’ बिरामी बच्चाको अभिभावकतिर नहेरी गेट लगाउन खोज्यो उसले। तर, गेट थुन्न नपाउँदै महिलाभित्र पसिन्। कृत्रिम रिस देखाउँदै उसले ती महिलातिर हेर्यो र हेरेको हेर्यै भयो। सामुन्ने उसकी पत्नी ज्वरोले थलिएको छोरो बोकेर उभिएकी थिई।

बादल

आकाशमा बादलको थुँगा हेर साथी,कपासझैँ सेतोसेतो डुल्छ माथिमाथि। चारैतिर पोतिएको चाँदीजस्तो घेरो,डुल्न पाए मजा हुन्थ्यो समातेर फेरो। बस्छ कैले हिमालको शीरमाथि गुथी,थाहा हुन्न कतिबेला जान्छ आफैं उठी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्