९ मंसिर २०८१ आइतबार
image/svg+xml

समाचार

भोलि बिहानै आमाछोरी समाचार हेर्दै थियौं। मुख्य समाचार भनेर लेखिएको थियो– नारी स्वतन्त्रताले हद पार गर्यो। नशाको तालमा साँझ डान्सवारमा भेटिन्छन् महिलाहरू! साथमा टाउकोमा हात लगाएर भुईंमा बस्नुभएको मेरी आमाको तस्बिर देखाइएको थियो।

मनका कुरा

सर्वहितका निम्ति विष पिउने महादेवको पीडामा एक थोपा अमृत पनि नछर्किदिँदा कति मन दुखाए होलान् बूढा महादेवले । आफू छटपटिएर बस्दा देवताहरू तिलोत्तमा, मेनका र उर्वशीसँग हाँसीहाँसी नाच्दा महादेवको मन कस्तो भएको थियो होला ? आखिर बूढो भए पनि , त्यागी भए पनि मन नभएको त होइन होला ?

पर्दा

‘एई जंगली आइमाई, यो ऐनामा किन पर्दा लगाएकी? थुइक्क तेरो बुद्धि । कहिले माल देख्या भा’ पो आओस् बुद्धि पनि ।’ भात खाएर सुत्ने कोठामा पुगेको बुढो चिच्याएको थियो। ‘ऐनामा आफ्नो मुख हेर्दा मलाई डर लाग्यो क्या बुढा। अब त ऐना नहेर्दा पो बरु राम्री नै छु लाग्दो र’छ । तपाईंले ल्याई दे’को यो डिरेसिङ टेबुलको दराज त राम्रो रे’छ नि ।’ चुठेको चिसो हात सारीको सप्कोले पुछ्दै उसले भनेकी थिई।

ठूलो मान्छे

यी नेता अंकल त ठूलो मान्छे होइन रहेछन्। म त यिनीजस्तो बन्दिनँ हजुरआमा! म त मेरो बाबाजस्तो बन्छु । मेरो बाबालाई सबैले राम्रो मान्छे , असल मान्छे भन्छन्। मेरो बाबा नै मेरा लागि ठूलो मान्छे हो।

देशको माया

बाँझै छन् हाम्रा खेतबारीहरू बर्सौंदेखि नजोतिएका, नखनिएका आऊ तिमी गराहरू जोत म छेउकुना खन्छु ढुंगे धाराको कलकल पानीले प्यास मेटाउँदै गुन्द्रुक र ढिँडोले भोक मेटाउँदै माटोभरि पसीना पोखौँ सिर्जनाको फल फल्नेछ त्यसैले प्रियतम्, भो त्यो विदेशी भूमिमा पसीना नबेच तिमी फर्किएर आउ आफ्नै माटोमा आफ्नै देशमा।

देशको रक्षक

रुविनालाई थाहा छ। उनको हत्तपत्त छुट्टी हुँदैन। शान्ति सुरक्षाको जिम्मेवारी लिएका देशको रक्षकको श्रीमती हुन पाएकोमा गर्व लाग्छ।स्कुल छुट्टी भएपछि नौ वर्षको छोरा लिएर रुविना एक्कासि सविनको क्वाटरमा गइन्। मूलगेटमा डिएसपी सविनलाई भेटन आएको भनिन्।डिउटीमा बसेको सिपाहीले सोध्यो – हजुर के काम थियो ? रुविनाले भनिन् – म उहाँको आफ्नो मान्छे हो।त्यहीँबाट उसले छेउमा उभिएकी नारीलाई भन्यो – साहेबनी,उहाँ हजुरको पाहुना। अफिसबाट बाहिर निस्कन लाग्दा सविनले रुविना र छोरासँग उनीलाई बोल्दै गरेको देखे।

लाज

त्यसैमाथि वरिपरि रहने अनेक देशका साथीहरू पनि कस्ता हुन् ? आफूलाई चाहिने सामान पनि किन्दा रहेनछन् कि? सलाद खान राखेको काँक्रो पनि देख्न नहुने मागिहाल्ने, हरियो खुर्सानी फ्रिजमा राख्यो त्यो पनि छैन। कागती राख्यो त्यो पनि नहुने टमाटर पनि चट्टै। आफूलाई त किन्न मात्रै खाने त अरू नै हुन्थ्यो।

तथास्तु

ठूलो उत्साहका साथ मान्छे जान्छ मन्दिर छामछुम पार्छ गोजी चढाउँछ दुईचार ओटा चानचुने पैसा चिम्लेर आँखा मनमनै पुकारा गर्छ करोडौंको ठेक्का मेरै नाममा पारिदिनुहोस् प्रभु !

चिनी माग्दा नुन दिने चलन छ समाजमा

थाहा हुदैन बगैचामा फुलेको फूललाई त, बिहान म आर्यघाट पुग्छु या मन्दिर भनेर। भनिन्छ जित्नेहरूको इतिहास लेखिन्छ रे, बुझ्नुपर्छ यस्तै रहेछ मेरो तक्दीर भनेर। चिनी माग्दा नुन दिने चलन छ समाजमा, छैन रहेछ कुनै अर्थ यहाँ दुखपीर भनेर।

महिला कति प्रतिशत ?

मान्छेले जङ्गली अवस्थाबाट पहिलो चरणको सभ्यतामा प्रवेश गर्दा समूह बनाएर बस्न थाल्यो । त्यो समूहलाई कविला नामाकरण गरिएको छ । कविला युगमा आमा नै कविलाको नाइके, वंशको अधिकार तथा हर्ताकर्ता थिइन् । किन भने त्यो बेला सन्तानको बाबु टुङ्गो लाग्दैनथ्यो ।

धामी

हैन,यो नानी त साह्रो जान्ने धामी रैछ । डल्ली त मध्यरात ढालेपछि त उठेर भात खोजेर खायो । अनि चङ्गा न चङ्गा भएर धेरैबेर बात मारेर सुत्यो । परदेशी धामीले मन्साइदिएको भनेको लु आज बिहान नै त्यो भाले पूजा गर्न लगाएर भात खुवाएर मात्रै पठाउने भनेर धारातिर पानी लिन गयो । लु बसुङ्ग । ऐले डल्ली आएर खाजा बनाउँछ।

प्रेम

सायद फूल र ताराहको भेट हुँदैन होला अब फेरि ती फूलहरूलाई हावाहुरीले ताराहरूलाई बादलले नछेकून्, आआफ्नै आकाश र धर्ती म रमाउन सकूँ , मौसम अनुसारको फलफूल जस्तै सायद मान्छेको भावना विचार र सोचअनुसार फुल्ने, फल्ने र उम्रिने गर्छ कि प्रेम ?

एउटा पुरानो बिम्ब

सहयात्राको लामो समयपछि बा बिस्तारै मुर्झाउन थाल्नुभयो । म उहाँको शरीर र शक्ति घट्दै गएको देखेर चिन्तित हुन थाले । मेरो चिन्ता देखेर बाले मलाई नजिकमा बोलाउनुभयो । कानका लोतीहरू छाम्नुभयो । कपाललाई खेलाउदै मलाई सम्झाउनुभयो–नानी, तैले चिन्ता लिनुपर्ने कुनै कारण छैन । फूल फुलेर मुर्झाएर झरेन भने उसले नयाँ बिउ छर्न सक्दैन । नयाँ बिउ छर्न सकेन भने धर्तीले कसरी नयाँ फूल फुलाउन सक्छ ।

लुकाइएको प्रेमपत्र

यो स्वर पहिले कतै सुनेजस्तो लाग्यो। म हतारहतार बाहिर आएँ। देखेँ, मेरो पहिलो प्रेम राकेश, जो डाक्टर भइसकेछ। उसले गीत सकेपछि सबैले ताली बजाए। उसले कैयौँपटक मेरो दादाको कोठामा बसेर गितार बजाउँदै गाएको थियो, मैले आफ्नो कोठाबाट ताली लगाएकी थिएँ।

आठौंं आश्चर्य

घाम पश्चिमबाट उदाउँदै थियो चन्द्रमा पूर्वतिर सर्दै थियो आगो हिउँजस्तै चिसो थियो हिउँ आगोजस्तै तातो थियो मानिसहरू हाँस्दा रोएजस्ता देखिन्थे रुँदा हाँसेजस्ता देखिन्थे खोलाको पानी उकालो बगिररहेको थियो पानी देखेर माछा भागिरहेका थिए यो आठौंं आश्चर्य थियो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्