९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

लाज

लघुकथा

प्रेम पुन मगर

 

सधैंको विदेशको बसाइ वाक्क लागिरहने, डिउटी सकेर रुम फर्कियो, फेरि खाना पकाउनुपर्ने बाध्यता बाँच्नका लागि त्यो सबै नगरी भएन। अझै सामान पनि केके चाहिने कुन्नि, कहिले नुन, कहिले मसला, कहिले अदुवा, कहिले खुर्सानी, कहिले सब्जी, कहिले तेल, कहिले चिया, कहिले चिनी , केके हो केके भ्याएको छ, किनेको छ। भ्याएको छ किनेको छ।

त्यसैमाथि वरिपरि रहने अनेक देशका साथीहरू पनि कस्ता हुन् ? आफूलाई चाहिने सामान पनि किन्दा रहेनछन् कि? सलाद खान राखेको काँक्रो पनि देख्न नहुने मागिहाल्ने, हरियो खुर्सानी फ्रिजमा राख्यो त्यो पनि छैन। कागती राख्यो त्यो पनि नहुने टमाटर पनि चट्टै। आफूलाई त किन्न मात्रै खाने त अरू नै हुन्थ्यो।

कहिले खुर्सानी पाउडर दिनु रे । कहिले नुन दिनु रे । वाक्क लागेको थियो।  खाना पकाउँदै थिएँ । त्यही माग्ने रूपको साथी आयो । घर उसको गोरखपुरतिर हो।

उसले भन्यो –दाइ,  जिरा  दिनु त।

अति भएपछि मैले पनि भनें –भाइ, जीरा त मेरो पनि सकिएको छ त।

–कस्तो लाज नभएको मान्छे हौ , जीरा पनि राख्दैनौ।

ऊ फर्कियो।

प्रकाशित: ३० चैत्र २०७७ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App