२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

चिनी माग्दा नुन दिने चलन छ समाजमा

गजल

रामकुमार श्रेष्ठ फुच्चे  

 

जिन्दगी यो विवशता को जञ्जीर भनेर,

विधाताको खेल यस्तै रहेछ आखिर भनेर।  

 

सधै कति कोसिस गर्छौ दुनियाँलाई हराउने,

खुट्टा तान्छौ सधै  कहाँ छ अग्लो भीर भनेर।  

 

थाहा हुदैन बगैचामा फुलेको फूललाई त,

बिहान म आर्यघाट पुग्छु या मन्दिर भनेर।

 

भनिन्छ जित्नेहरूको इतिहास लेखिन्छ रे,

बुझ्नुपर्छ यस्तै रहेछ मेरो तक्दीर भनेर।  

 

चिनी माग्दा नुन दिने चलन छ समाजमा,

छैन रहेछ कुनै अर्थ यहाँ  दुखपीर भनेर।

प्रकाशित: २८ चैत्र २०७७ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App