२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

प्रेम

कविता

 देविस अर्याल

 

मैले कोरेको सिउँदो  

उनको जिन्दगीको बाटा थियोे ,

उनले दिएको औंठी

मेरो जिन्दगीको घेरा थियोे ,

हामीले बाटा र घेरा तोड्यौ

पीडा र दर्दमा

प्रेम कहाँ बाँच्छ  र खै?  

उनले अँध्यारो  प्रेम खोजिन  

मैले उज्यालोमा  मुस्कान रोजे,

हो अब साँच्चै धेरै वर र पीपल  

चाँद र सुरज भएर छुट्टिदैछन

उनी कसैको जून भएर,

म कसैको रवि भएर  

देखिनुमा नै ठिक छ,

सायद

  फूल र ताराहको भेट हुँदैन  

होला अब  

फेरि ती फूलहरूलाई हावाहुरीले

ताराहरूलाई  बादलले नछेकून्,

आआफ्नै आकाश र धर्ती

म रमाउन सकूँ ,

मौसम अनुसारको फलफूल  

जस्तै सायद  

मान्छेको भावना विचार र सोचअनुसार

 फुल्ने, फल्ने र उम्रिने गर्छ कि प्रेम?

प्रकाशित: २८ चैत्र २०७७ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App