२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सावधान

लघुकथा

पौडेल विमुन्स 

 

यात्रा भनेपछि मेरा लागि सकस हुन्थ्यो सधैँ ।   वाकवाकी लाग्ने  समस्या थियो ।  जरूरी पर्यो , एकपटक  म  हवाई यात्रामा निस्किनुपर्यो। आफ्नो सिटमा पुगेर तुरुन्त आँखा बन्द गरेर घोप्टो परेँ।  

मलाई देखेर अचम्म मान्दै छेउको साथीले नानाथरी प्रश्न सोध्न थाल्यो । मलाई झर्को लाग्यो तर पनि सामाजिक बन्नै पर्यो । टाउको उठाएको मात्र के थिएँ , सुरू भयो  शास्त्रीय संगीत  ! उसले दवाई दियो। मैले हातमा लिएँ ।  उसलाई मेरो नजिक बस्न गाह्रो भयो ,सायद । भनसुन गरेर सिट बदल्यो । म इन्तु न चिन्तु , लठ्ठ परेर लठ्ठिएँ। 

लगभग एक घण्टाको यात्रापछि हामीले विमानस्थलमा पदार्पण गर्यौँ । अलि हल्का महसुस गरेँ , सायद निदाएर होला । चिया खान क्यान्टिनतिर बढेँ । भीड थियो । के भएको होला भन्ने जिज्ञासाले नजिक पुगेँ ।  मेरो होस उड्यो । 

सम्हालिएँ अनि मनमनै ईश्वरलाई धन्यवाद दिएँ । अपरिचितहरूलाई सहजै विश्वास नगर्नू है छोरी भनेर  संस्कार सिकाउने बुबाआमालाई सम्झिएँ  । धन्न ,  मैले उसले दिएको दवाई खाइन। जो मान्छे, हवाईयात्रामा मेरो छेउको सिटमा थियो उसको हातमा हतकडी थियो र साथमा अर्धचेतन अवस्थामा रहेकी महिलालाई एम्बुलेन्समा राखिँदै थियो ।

प्रकाशित: ३ वैशाख २०७८ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App