११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बुबाको वचनले ल्याइदिएको परिवर्तन

त्यो बेला सरकारी स्कुल भए पनि शुल्क तिर्नुपथ्र्यो । माइलो भाइ कक्षामा सधैं पहिलो हुने भएकोले उसले छात्रवृत्ति पाएको थियो । उसको पैसा तिर्नु पर्दैनथ्यो । मेरो भने पैसा तिर्नुपथ्र्यो । सधैं बुबा गएर पैसा तिर्नुहुन्थ्यो । कक्षा सातको अन्तिम परीक्षा सकिएको थियो । त्यबेला पुषमा रिजल्ट गर्ने चलन थियो । रिजल्टको दिनसम्म पैसा नबुझाए रिजल्ट रोकिन्थ्यो ।

बजारमा किताब ‘कमिलाको क्याराभान’

साँच्चै कमिलाहरू किन लाइनमा हिँडेका होलान् त ? यो कुरा थाहा पाउन एकपटक यो किताब पढ्नैपर्छ । कथा निकै रमाइलो छ । कथाले राम्रो सन्देश पनि दिन्छ । कथाको पात्र सन्देशले कमिलाको ताँती देखेर एउटा राम्रो सन्देश पनि प्राप्त गर्छ । त्यो सन्देश के होला ? यसका लागि पनि एकपटक यो किताब पढ्नैपर्छ । यो किताब पढ्ने सबैले त्यो राम्रो सन्देश प्राप्त गर्नेछन् ।

कागको रजाइँ

कुकुर र बिरालो त्यहाँ ङ्यार्रङुर्र गरेर लटारो गर्न लागे । त्यस घरको नजिकैको ठूलो रूखमा बसिरहेको एउटा काग उडेर आयो । त्यसले मासुको टुक्रा चुच्चाले च्यापी लग्यो । अनि त्यसले रूखको हाँगामा लगेर खान थाल्यो । मन्टु र बन्टुको कुकुर बिरालो हेरेको हेरयै भए ।

घमण्ड

दक्षप्रजापतिले यज्ञको आयोजना गरेर काम त राम्रै गरेका थिए तर घमण्ड र अहङ्कारका कारण कसैको मेख मार्ने वा वदला लिने उद्देश्यले आयोजना गरिएको यज्ञ थियो त्यो, जसले गर्दा उनको यज्ञको आगो उनकै टाउको हवन गरेपछि मात्र निभेको थियो । यज्ञअनुष्ठान गर्नु राम्रो काम हो गर्नुपर्छ तर कसैको अहित गर्ने उद्देश्यले गर्न हुँदैन । अन्यथा लाभको बदला हानि बढी हुने गर्छ । दक्षप्रजापतिलाई यस्तै भएको थियो ।

रमिलाकाे याेजना

घर पुग्दा नपुग्दै रमिला र साथीहरू निधाे गर्दै गए । काेही चित्र बनाउने काममा लाग्ने काेही बुन्ने बुनाउने , काेही मुरली बनाएर बजाउने अभ्यास गर्ने भए । रमिला कागज काटेर विभिन्न किसिमका खाम अादि सामान बनाउने भइन । याे उनकाे बुध्दिकाे कमाल हाे भनेर धेरैले सराए । रमिलाले साथीहरूलाई विदाका समयमा पनि सक्रिय बनाउने बुध्दि निकालिन । सबै खुसी हुँदै घर पुगे

गौरीको जन्म उत्सव

“पर्दैन बुबा । यस्तो रोग फैलिएको समयमा केक लिन नजाने । मलाई जन्म दिनुभएकोमा नै म खुसी छु । मलाई केही चाहिन्न । मलाई तपाईँहरूको माया भए पुग्छ ।”

सबै ठूलो

धरती, आकाश, पानी, आगो र हावा म ठूलो हुँ’ भनेर वादविवाद बढ््दै गयो । आआफ्नो शक्ति देखाएर विनाशको रूप लिन लागेको सबैका कुरा सृष्टिकर्ताले थाह पाए । अब खतम हुने भए भन्ने सृष्टिकर्ताले सोचे । अनि यिनीहरूलाई रोक्न आफूले नै सृष्टि गरेका यी तत्वहरूलाई एकै ठाउँमा भेला गरे ।

आमा भोकै !

दिउँसो आमा र दिदी फर्किनुभयो । उहाँले पोल्टाबाट चिउरा निकाल्नुभयो । गाग्रीबाट तीनओटा गिलासमा पानी सार्नुभयो । त्यसैमा चिउरा भिजाउनुभयो । अलिअलि नून छर्किनुभयो । तीनै जनालाई दिनुभयो । आफूचाहिँ भोकै काममा फर्किन लाग्नुभयो । त्यो देखेर उसलाई खान मन लागेन ।

खुसीका आँसु

'हामीले धेरै ठूलो गल्ती गर्‍यौ अनुप' केशबले निराश हुँदै भन्यो, 'घरबाट हिँड्ने बेलामा आमाबाबालाई सोधिएन । एउटा गल्ती भयो । कोरोनाको संक्रमणबाट बच्न मास्क नलगाई हिँड्यौं । अर्को गल्ती भयो । बाबाआमाको सम्पर्क नम्बर नलिई हिड्यौं । झन् ठूलो गल्ती भयो । फेरि बाटो काट्ने बेला आकाशे पुलको प्रयोग गरेनौं । गल्ती माथि गल्ती भयो । अब बाबाआमाले हामीलाई कहाँ खोज्नुहुन्छ, हँ ?'

अब के होला भन्ने कुराले सबैलाई सताएको छ

देशभर लकडाउन लगाएपछि बन्द भएको स्कुल अझै खुलेको छैन । विद्यार्थी स्कुल नगएको पनि पाँच महिना नै पुगेको छ । आफू पढ्ने गरेको स्कुल कस्तो भयो होला भन्ने सबै विद्यार्थीहरूलाई लागेको होला । एउटा कक्षा पास भएर अर्को कक्षामा गएको त हो तर स्कुल जान नपाउँदा माथिल्लो कक्षामा गएको जस्तो पनि नलागेको होला ।

बालबालिकालाई देवीदेवता र भूतप्रेतको अन्धविश्वासबाट मुक्त गर्नुपर्छ

बालसाहित्य, बालबालिकालाई आफ्नै शक्तिमाथि विश्वास हुने गरी ज्ञान प्रदान गर्ने र विज्ञानसम्मत हुनुपर्छ । यसले बालबालिकालाई आधुनिक, सभ्य र सुसंस्कृत हुन मार्ग दर्शन गर्नुपर्छ । बालसाहित्य सिर्जना गर्दा बालबालिकाको मनोविज्ञान र रुचिलाई ध्यान दिनुपर्छ ।

गाउँ नै रमाइलो

उनीहरू शहरको धूलो, धूवाँ, गर्मी, मान्छेको बढी चापले वाक्कदिक्क भएका थिए । गाउँमा खुला, स्वच्छ, सफा, सुन्दर र कोलाहलमुक्त थियो । जताततै स्वच्छ, सफा र नवपल्लव लागेर वातावरण मनोरम देखिन्थ्यो । हिउँदमा मल छरेर मकै र घैया छर्ने काम धमाधम हुँदै गयो ।

आकारको घाउ

कक्षामा सबैका धेरै साथी छन् । साथीसँग खेल्छन् । तर आकारका भने कोही नजिकका साथी छैनन् । त्यसैले ऊ साथीहरूसँग खेल्दै खेल्दैन । एकदिन स्कुलबाट फर्कंदै गर्दा बाँदरले आकारको झोला तान्छ । आकारले पनि तान्छ । झोला तानातान हुँदा आकार लड्छ र कुहिनामा घाउ लाग्छ । तर उसलाई सहयोग गर्न उसको मोबाइल, ल्यापटप र ट्याबलेट कोही आउँदैनन् ।

प्रतीज्ञा

‘नेपाल टेलिभिजनले बिहान अनलाईन पढाइरहेछ । म त्यसैमा पढ्छु । शिक्षकशिक्षिकाले कति राम्रोसँग बुझ्ने गरी पढाउँछन् । मलाई स्कूलमा भन्दा पनि घरमा रमाइलो लागिरहेछ । तिमी पनि त्यसरी नै पढे हुन्छ । कति कार्टुन हेर्नु ।’ अनिशले बरुणलाई सुझाव दियो ।

बालबालिकाका लागि सचित्र किताबको कोशेली

बालबालिकाका लागि तयार गरिएको किताब भनेको राम्रो शब्द वा चित्र मात्रै होइन । शब्द र चित्रले मात्रै राम्रो किताब बन्नै सक्दैन । शब्द र चित्रबीचको तालमेल बडो महत्वपूर्ण हुन्छ । एकअर्काका परिपुरक शब्द र चित्रलाई उचित साजसज्जा, रङ्ग संयोजन तथा स्तरीय छपाइका साथ प्रस्तुत गरियो भने बन्छ उत्कृष्ट किताब ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्