१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मेदभेदेभलाई उपाधि

रसियन स्टार ड्यानिल मेदभेदेभले सर्बियन स्टार नोभाक जोकोभिचलाई युएस ओपनको फाइनलमा स्तब्ध बनाउँदै उनको कीर्तिमानी यात्रामा पूर्णविराम लगाइदिएका छन्।

जोकोभिचलाई ऐतिहासिक सफलता

सर्बियन स्टार नोभाक जोकोभिचले चारै ग्रान्ड स्लाममा ठूलो सफलतासँगै ओलम्पिकको दाबेदारी प्रस्तुत गर्दै धेरै कुरा सम्भव रहेको प्रतिक्रिया दिएका छन्।

इतिहास बनाउने लक्ष्यनजिक जोकोभिच

राफाइल नाडाललाई स्तब्ध बनाउँदै फ्रेन्च ओपनको उपाधि भिडन्त पक्का गरेका नोभाक जोकोभिच आइतबार ५२ वर्षपछि चारै ग्रान्ड स्लाम दुई पटकभन्दा बढी उचाल्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा हुनेछन्।

जोकोभिचलाई नवौं पटक उपाधि

विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले रसियन स्टार डेनिल मेदभेदेभलाई सोझो सेटमा हराउँदै आइतबार नवौं पटक अस्ट्रेलियन ओपन उचालेका छन्।

जोकोभिचद्वारा सेरेनाको प्रशंसा

२४औं ग्रान्ड स्लाम बराबरी गर्ने लक्ष्यमा असफल अमेरिकी स्टार सेरेना विलियम्सलाई बिहीबार नोभाक जोकोभिचले ऐतिहासकै महान् खेलाडीको रूपमा प्रशंसा गरेका छन्। अस्ट्रेलियन ओपनको सेमिफाइनलमा जापानका नाओमी ओसाकासँग बिहीबार पराजित हुँदै बाहिरिएपछि सेरेनाको कीर्तिमानी ग्रान्ड स्लाम यात्रा एक पटक फेरि प्रभावित भएको थियो। यससँगै सन् २०१७ मा नै २३औं ग्रान्ड स्लाम जितेकी सेरेनाले त्यसयता कीर्तिमान बराबरी गर्न असफल रहँदै आएका छन्।

जोकोभिचलाई चोट बाधक बन्न सक्ने

बुधबार क्वार्टरफाइनलमा पाब्लो बुस्टालाई स्तब्ध बनाउँदा नै जोकोभिचले चोटसँग निकै संघर्ष गरेका थिए । खेलदौरान घाँटी र काँधमा समस्या देखिँदा उनले कयौं पटक ट्रेनरबाट मालिस पनि गराएका थिए ।

रेफ्रीमाथि फेरि जोकोभिचको प्रहार

नोभाक जोकोभिच गत महिना युएस ओपनमा लाइन जजमाथि बल प्रहार गरेपछि अयोग्य घोषित भएसँगै प्रतियोगिताबाट बाहिरिएका थिए । यस पटक भने उनले प्रहार गरेको बल लाइन जजलाई लागे पनि कुनै संकटको सामना गर्नु परेन ।

जोकोभिच डिसक्वालिफाइड

जोकोभिचले आफ्नो गोजीबाट निकालेर -याकेटले हानेको बल लाइन जजको घाँटीमा लाग्नेबितिक्कै उनी ढलिन्। त्यससँगै जोकोभिच पनि उनीनजिक पुगेका थिए। केही समयपछि ती महिला जज पनि उठेर आर्थर एस स्टेडियमको कोर्ट छाडेर गइन्।

जोकोभिच अन्तिम १६ मा

विश्व नम्बर एक नोभाक जोकोभिचले सहज जितका साथ शुक्रबार युएस ओपनको अन्तिम १६ को यात्रा तय गर्दा नाओमी ओसाकाले भने निकै संघर्ष गरिन्। सर्बियन स्टार जोकोभिचले जर्मनका जान लेनार्ड स्ट्रफलाई ६–३, ६–३ र ६–१ ले हराउँदै करियरको १८औं ग्रान्ड स्लाम लक्ष्य जारी राखेका हुन्।

बहिर्गमनबाट जोगिए जोकोभिच

महिलातर्फ यस प्रतियोगितामा शीर्ष वरीयताकी खेलाडी क्यारोलिना प्लिसकोभा भने ५०औं वरीयताकी फ्रान्सेली खेलाडी क्यारोलिन गार्सियासँग स्तब्ध भइन् । विश्व नम्बर तीन २८ वर्षीया प्लिसकोभा गार्सियासँग ६–१ र ६–७ ले पराजित हुन पुगिन् ।

जोकोभिचलाई सफलता

विश्व नम्बर एक नोभाक जोकोभिचको घाँटीमा दुखाइ भए पनि संघर्षपूर्ण जित निकाल्दै वेस्टर्न एन्ड साउथर्न ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् ।

जोकोभिचले क्ले कोर्टमा खेल्ने

‘धेरै जसो खेलाडीसँग मैले छलफल गरेको थिएँ । उनीहरूमध्ये धेरै युएस ओपन खेल्ने योजनामा सहमत छैनन् । यदि मेरो धारण बुझ्न चाहनुहुन्छ भने पनि सेप्टेम्बरमा हुने क्ले कोर्टको प्रतिस्पर्धा खेल्ने सम्भावना धेरै छ ।’

जोकोभिच र नाडाल असन्तुष्ट

विश्वका अधिकांश खेल पुनः लय समात्ने योजनाहरू बुनिरहँदा टेनिसमा भने हालसम्म कुनै पनि किसिमका तयारी देखिएका छैनन्। युरोपलगायत केही देशमा फुटबलका प्रतिस्पर्धा फर्किंदै गर्दा एमएमए र क्रिकेटले पनि धमाधम नयाँ कार्यतालिका प्रस्तुत गरिसकेका छन्। रेसिङका प्रतिस्पर्धा पनि सुरु हुने तयारीमा रहेको समय टेनिसबारे भने अभैm अनभिज्ञता छ।

कीर्तिमानको योजनामा जोकोभिच

नोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौंपटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा रहेको बताएका छन्।

जोकोभिक र फेडेरर तेस्रो चरणमा

साबिक विजेता नोभाक जोकोभिच र रोजर फेडेरर युएस ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्। बुधबार भएको खेलमा सर्बियाका जोकोभिचले कुमको चोटका बावजुद अर्जेन्टिनाका युहान इनासियो लोन्डेरोलाई ६–४, ७–६ (७÷३), ६–१ ले पराजित गर्दै अन्तिम ३२ मा प्रवेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्