२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बहिर्गमनबाट जोगिए जोकोभिच

कायल एडमन्डविरुद्ध सर्भिस गर्दै सर्बियाका नोभाक जोकोभिच । तस्बिर: एएफपी

छिटै बहिर्गमनबाट जोगिँदै नोभाक जोकोभिचले बुधबार युएस ओपनको तेस्रो चरणमा स्थान बनाए पनि महिलातर्फ प्रतियोगिताकी शीर्ष खेलाडी क्यारोलिना प्लिसकोभा भने बाहिरिएकी छन् ।

सर्बियन स्टार जोकोभिचले सन् २०२० मा आफ्नो अपराजित यात्रालाई २५ खेलसम्म निरन्तरता दिँदा चेक रिपब्लिककी प्लिसकोभा भने सोझो सेटमा स्तब्ध हुँदै बाहिरिएकी हुन् । विश्व नम्बर एक जोकोभिचले पहिलो सेट गुमाए पनि पुनरागमन गर्दै ब्रिटेनका कायल एडमन्डमाथि जित निकाले । फ्लसिङ म्याडोजस्थित बिनादर्शकको आर्थर एसे स्टेडियममा जोकोभिचले एडमन्डलाई ६–७ (५–७), ६–३, ६–४ र ६–२ ले हराए । ‘निकै कठिन खेलमा जित निकाल्दा एकदम खुसी छु । उनले निकै कठिनपूर्ण सर्भिस प्रहार गरेका थिए,’ जोकोभिचले भने ।  

यो जितसँगै सर्बियन स्टार जोकोभिच समकालीन रोजर फेडेरर र राफाइल नाडालको अनुपस्थितिमा ग्रान्ड स्लाम उचाल्ने लक्ष्यमा अघि बढिरहेका छन् । ३३ वर्षे जोकोभिचले गत फेबुअरीमा करियरको १७औं ग्रान्ड स्लाम उचालेका थिए । उनी फेडेररको २०औं ग्रान्ड स्लाम र नाडालको १९औं ग्रान्ड स्लामसँगको दूरी छोट्याउने अभियानमा छन् ।  

महिलातर्फ यस प्रतियोगितामा शीर्ष वरीयताकी खेलाडी क्यारोलिना प्लिसकोभा भने ५०औं वरीयताकी फ्रान्सेली खेलाडी क्यारोलिन गार्सियासँग स्तब्ध भइन् । विश्व नम्बर तीन २८ वर्षीया प्लिसकोभा गार्सियासँग ६–१ र ६–७ ले पराजित हुन पुगिन् ।

यता, यस प्रतियोगितामा महिलातर्फ सबैभन्दा धेरै वरीयताकी खेलाडी प्लिसकोभा भने ५०औं वरीयताकी फ्रान्सेली खेलाडी क्यारोलिन गार्सियासँग स्तब्ध भइन् । विश्व नम्बर तीन २८ वर्षीया प्लिसकोभा गार्सियासँग ६–१ र ६–७ ले पराजित हुन पुगिन् । शीर्ष खेलाडीले कोरोना भाइरस भयका कारण सहभागिता नजनाउँदा प्लिसकोभा नै सबैभन्दा धेरै वरीयता प्राप्त थिइन्, तर उनी पनि लज्जापूर्ण हार बेहोर्दै बाहिरिइन् । ‘मलाई शून्य दबाब नै थियो, तर आजको हारमा मैले केही पनि गर्न सकिनँ,’ प्लिसकोभाले भनिन्, । पुरुषतर्फ नै विश्व नम्बर चार स्टेफानोस सिटसिपासले अमेरिकाका म्याक्सिम क्रिसीलाई ७–६ (७–२), ६–३ र ६–४ ले पराजित गरे ।  

पाँचौं वरीयताका एलेक्जान्डर भेरेभले भने वाइल्ड कार्डमार्फत प्रतिस्पर्धा गरेका ब्रेन्डन नाकासिमासँग ७–५, ६–७ (८–१०), ६–३ र ६–१ ले संघर्ष गरे । सातौं वरीयताका डेविड गोफिनले पनि प्रतियोगिताको यात्रा जारी राख्दा लियोड जर्जलाई ७–६ (८–६), ४–६, ६–१ र ६–४ ले हराए । सन् २०१८ की च्याम्पियन नाओमी ओसाकाले पनि तेस्रो चरणमा स्थान बनाउँदा इटालीकी क्यामिला जर्जीलाई ६–१ र ६–१ ले सहजै हराइन् । छैटौं वरीयताकी पेत्रा केभितोभाले युक्रेनकी क्याटरिना कोजलोभालाई ७–६ (७–३) र ६–२ ले तथा जर्मनकी एन्जेलिक केरबरले आफ्नै देशकी एना फ्राइडसामलाई ६–३ र ७–६ (८–६) ले हराए ।

प्रकाशित: १९ भाद्र २०७७ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App