१० मंसिर २०८१ सोमबार
image/svg+xml

विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी

नेकपा विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी भएका छन्। विप्लव समूह भूमिगत अवस्थामा हुँदा मुलुकमा फेरि युद्ध चल्ने चिन्ताले आजित जुम्लावासी शान्ति प्रक्रियामा आएसंगै ढुक्क भएका हुन्।

शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।

जनमत संग्रहसम्म जाने कुरामा सरकारसँग छलफल भएको छ: नेता पुन

नेकपा विप्लव पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन शुक्रवार रिहा भएका छन् । रिहालगत्तै जिल्ला अदालतको परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पुनले बैज्ञानिक समाजवाद तर्फ अघि बढ्ने नयाँ कोर्समा देश प्रवेश गरेको बताएका छन् । अहिलेको व्यवस्था नै ठिक कि बैज्ञानिक समाजवादमा जाने भन्ने बिषयमा जनमत संग्रहमा जाने सम्मको छलफल सरकार सँग भएको उनले बताएका छन् ।

विप्लवसँगको सहमतिपछि नेपाल शान्तिपूर्ण युगमा प्रवेश : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा हिंसात्मक द्वन्द्वमा नरहेको नरहेको बताए।

हामी दुःख गरी खाने नेपालीको चाहना अझै पूरा भएको छैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको सपना पूरा नभएको बताएका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा विप्लवले दुःख गरेर खाने नेपालीको चाहना अझै पूरा नभएको बताएका हुन्।

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच सहमति भएपछि आगजनीलगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता शुक्रबार बास्तोला रिहा भएका हुन्।

दुई वर्षपछि नवलपुरमा सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन्।

सरकार र विप्लवबीच तीनबुँदे सहमति

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपामाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गरेको छ। वार्तामा विप्लवसँग गरिएको सहमतिअनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको हो। बैठकले विप्लव नेकपासँग गरिएको तीनबुँदे सहमति पनि अनुमोदन गरेको छ। सरकारको यो निर्णयसँग शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

सरकारद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फूकुवा

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सरकारले विप्लव समूहसँग ३ बुँदे सहमति अनुमोदन गर्दै विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।

विप्लवलाई सरकारमा ल्याउने तयारी

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।

सरकार र विप्लव समूहबीच आजको वार्ता सकियो

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ।

सरकार र विप्लव समूहबीच बालुवाटारमा औपचारिक वार्ता सुरू

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल सुरू भएको स्रोतले जनाएको छ।

सरकार–विप्लव वार्ता प्रयासः इमानदार नभए निरर्थक

सरकारले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्न चासो दिइरहेको बेला गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्। सरकारी वार्ता टोली गठन भएलगत्तै विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गरेको छ।

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्