१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार र विप्लव समूहबीच आजको वार्ता सकियो

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच आज बिहानै वार्ता सुरू भएको थियो।

वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले आजको वार्ता सकारात्मक दिशाउन्मुख भएको बताएका छन्। उनले भने, 'आजको वार्ता सकिएको छ, वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु।'

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा 'बादल' र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्माबीचको वार्ता भएको थियो।

प्रकाशित: १९ फाल्गुन २०७७ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App