६ आश्विन २०८१ आइतबार
image/svg+xml

जीप दुर्घटनामा २ को मृत्यु

जिल्लाको पश्चिमी गाविस हर्देनीमा जीप दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने ७ जना गम्भीर घाईते भएका छन्। कटारी बजारदेखि पहाडी गाविस हर्देनीको गहुँबारीतर्फ जाँदै गरेको स १ ज ३०९ नम्बरको बोलेरो जीप हर्देनी र गहुँबारीको बीचमा भीरमा साँझ ६ बजे दुर्घटना हुँदा हर्देनी ४ का जीप सञ्चालक ३४ वर्षीय टंक बस्नेत र हर्देनी १ की ३२ वर्षीय भिमकुमारी राउतको घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्।

जीप दुर्घटनामा बाह्र घाइते

बन्दीपोखरा–८ सम्मोबारी पाल्पामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज १६८९ नम्बरको जीपसँग लु २० प ३९२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

भेनेजुएलामा हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता

भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्।

भारतमा जीप दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो।

दुर्घटनामा एकको मृत्यु, तीन घाईते

कोहलपुरमा शनिबार भएका छुट्टाछुटै दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाईते भएका छन्। दिउँसो दुई बजे कोहलपुर–१२ रोहिणिखोला नजिकै मोटरसाईकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा ९ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाईते भएको छन्।

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

जीप दुर्घटनामा १५ किशोरकिशोरी घाईते

बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा १५ किशोरकिशोरी घाईते भएका छन्। सिमपानीबाट यात्रु लिएर रसुवाघाट जानेक्रमममा बा १३ च ३६१७ नम्बरको जीप लिच्कीराम्चे–८ अम्बेटारमा दुर्घटना हुँदा १९ वर्षमुनिका १५ किशोरकिशोरी घाईते भएका प्रहरी चौकी सिम्पानीका प्रहरी हवल्दार रामउदगार महतोले बताए।

९२ यात्रुसहित दुर्घटनामा परेको रसियाली विमानको 'फ्लाइट डाटा रेकर्टर' भेटियो

रसियाली रक्षा मन्त्रालयले आइतबार दुर्घटनाग्रस्त सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षित गर्ने ‘ब्ल्याक बक्स’ भेटिएको बताएको छ।

इन्डिगो र स्पाइस जेटका विमान दुर्घटनाबाट बचे

भारतको व्यस्त इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार ठूलो दुर्घटना टरेको छ। विमानस्थलको रनवेमा इन्डिगो र स्पाइस जेट ठोक्किनबाट थोरैले मात्र बचेका छन्।

पोखरामा बस दुर्घटना, १३ घाइते

पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

'टेक अफ' लिने क्रममा जेट एयरवेजको विमान दुर्घटना

१६१ जना चढेको जेट एयरवेजको एउट विमान उड्न लाग्दा विमानस्थलमा चिप्लिएर दुर्घटना भएको छ। गोवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लाग्दा सो विमान धावनमार्गमै चिप्लिएर निर्धारित स्थानभन्दा पुगेको हो।

कालिकोटमा बस दुर्घटना १२ घाइते

जुम्लाबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कालिकोटको सदरमुकाम मान्म बजार नजिकै सडकमा रोकी राखेको बस दुर्घटना भएको हो। कर्णाली यातायातको ना ५ ख १७९९ को यात्रुबाहक बस मंगलबार दुर्घटना भएको हो ।

९२ यात्रु बोकेको रसियन सैन्य विमान दुर्घटनाग्रस्त

रसियन सेनाको एक विमान दुर्घटना भएको छ। आद्लेरबा उडान भरेको केही मिनेट पछि विमान व्लाक सीमा दुर्घटना भएको बीबीसीले जनाएको छ। रुसको रक्षामन्त्रालयले उक्त टीयू-१५४ विमानमा ९२ जना सवार रहेको बताएको छ।

दुर्घटनामा परी तीनको मुत्यु

यहाँ भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्