१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुर जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

जिप दुर्घटनामा मृत्यु हुनेकोसंख्या ८ पुगेको छ। उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार उदयपुरको वेलका नगरपालिका– ७ स्थित एउटा भीरबाट जिप खस्दा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको हो।

मृत्यु हुनेहरुमा मनबहादुर बस्नेत (चालक), हतुवागढी-२, भोजपुर, चन्द्रप्रकाश राई- हतुवागढी-२, भोजपुर, दिशान राई  -हतुवागढी-२, भोजपुर, पदमबहादुर थापा- बराहक्षेत्र- ३ सुनसरी, किसन राई-हतुवागढी-५, भोजपुर, पर्वतमाया राई -हतुवागढी-५, भोजपुर, रामकुमारी राई-हतुवागढी-२, भोजपुर, कमला अधिकारी-इटहरी उपमहानगर, सुनसरीका रहेका छन्।

त्यस्तै घाइते हुनेहरुमा विशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्ति राई, सविना परियार, गायत्री कटुवाल (रमा), सुशील परियार, कलसुङ राई र निकिता कटुवाल रहेका छन्।

धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको थियो।

प्रकाशित: १ चैत्र २०८० १६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App