९ आश्विन २०८१ बुधबार
image/svg+xml

धनकुटा बस दुघर्टनाः १३ को मृत्यु, २८ घाइते

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै भएको यात्रुबाहक बस दुघर्टनामा १३ जनाको ज्यान गएको छ भने २८ जना यात्रु घाइते भएका छन्। सात जनाको घट्नास्थलमै र ६ जनाको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। बसमा ४१ यात्रु सवार थिए।

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे।

धनकुटामा बस दुर्घटना: पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

संखुवासभाको मुडे शनिश्चरेबाट धनकुटा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ।

मलेसियामा एक नेपालीको मृत्यु

दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ।

सिरियामा आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु

सिरियाको उत्तरी सहर क्वामिस्लिमा बुधबार भएको आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यले जनाएका छन्।

करेन्ट लागेर बृद्धा आमा–छोरीको मृत्यु

खोटाङ– करेन्ट लागेर ओखलढुंगामा वृद्धा आमा–छोरीको ज्यान गएको छ । चुँडिएर भुईंमा झरेको बिद्युत्को तार छुन पुग्दा बुधबार च्यानम–८ का ९८ वर्षीय देवकुमारी कटवाल र उनकी ५५ वर्षीया छोरी बालकुमारी कार्कीको मृत्यु भएको हो।

प्युठानमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २० बेपत्ता

प्युठान जिल्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ जना पुगको छ। यी मध्ये ७ जनाको शव बुधबार बिहान फेला परेको हो। १७ जना शव मंगलबार दिउँसो भेटिएको थियो। त्यसैगरी बेपत्ता हुनेको संख्या २० पुगेको छ। बुधबार बिहान मात्रै फोप्ली–६,मा ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले घर बगाउँदा मृत्यु हुनेमा नारायण केसी, दोर्णबहादुर केसी, पवित्रा केसी, जाहेश्वर बुढाथोकी, पिमा बुढाथोकी, हरिबहादुर केसी र बिन्दु केसी हुन्।

बाढीपहिरोमा ४२ को मृत्यु

काठमाडौं-अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोमा मंगलबार कम्तीमा ४२ को मृत्यु भएको छ। १० घाइते छन्, २५ हराइरहेको सुरक्षा अधिकारीले जनाएका छन्।

खाटबाट लडेर मृत्यु

काठमाडौं- खाटबाट लडेर एक जनाको मृत्यु भएको छ। खाटबाट लडेर गम्भीर घाइते भएकी काठमाडौं महानगरपालिका–६ वौद्ध फुलवारी बस्ने ओखलढुङ्गा कटुञ्जे–३ की १९ वर्षीया सिर्जना कटवालको मंगलबार उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

बागलुङमा तीनको मृत्यु, बाढीपहिरोले २६ घर बगायो

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी, पहिरोले बागलुङमा मानवीयसहित करोडौंको क्षती भएको छ। पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने २६ घर बाढीले बगाएको छ। मृत्यु हुनेमा राजकुत—७ का सन्तबहादुर तामाङकी छोरी तुजी तामाङ(८), डिकी तामाङ(२२) , दर्लिङ—७की यमुना बुढा(१८) छन्।

बाणगंगा नदी गाउँ पस्याे, सात सय बढी घर डुबानमा, एक जनाको मृत्यु

भीषण बर्षासँगै बाणगंगा नदीमा आएको बढीले जिल्लाका एक दर्जन गाविसका सात सय बढी घर डुवानमा परेका छन्। सोमबार राति देखिको अबिरल बर्षापछि नदीमा पानीको बहाव बढेपछि दर्जनौं गाउ डुबानमा परेका हुन्। बाणगांगा नगरपालिका–१३ मा पर्ने आधा दर्जन बस्तीहरु, कपिलवस्तु नगरपालिकाको तिलौरी, धनकौलीको देवपुरा, बिजगौरी, बलरमवापुर, सौराहाको अकबरपुर, कजराहवाको सिग्राहा, कठौनिया र सोनबर्षा, शिहोखोरको खोरिया, हदौना लगायतका गाउहरु डुबानमा परेको प्रहरी उपरीक्षक बिष्णु कुमार केसीले बताए।

पहिरोले घर पुरिँदा ४ को मृत्यु

पाल्पा- अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा पाल्पामा एउटै परिवारका ३ सहित ४ जनाको ज्यान गएको छ। गोठाडी–५, दमारमा पहिरोले घर पुर्दा ४५ वर्षका तामबहादुर कनौजे, उनकी श्रीमती खगीसरा कनौजे र छोरी यसोदा कनौजेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

गएरातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।

पहिरोले सात घर पुरियो, १ को मृत्यु

लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्ग सडक खण्डअन्तर्गतको दोभान झुम्सामा पहिरो खस्दा ७ घर पुरिएका छन्। घर पुरिँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको। पहिरोले घर पुरिँदा तिलोत्तमा उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत अस्मिता विकको मृत्यु भएको छ।

चीनमा भीषण बाढी, मृत्यु हुनेको संख्या १५० पुग्यो

चीनको हेवेइ प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार अपराह्नसम्म १५० पुगेको छ र आँधीका कारण १०४ जना हराइरहेका यहाँको प्रान्तीय नागरिक मामिला विभागले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्