खोटाङ– करेन्ट लागेर ओखलढुंगामा वृद्धा आमा–छोरीको ज्यान गएको छ । चुँडिएर भुईंमा झरेको बिद्युत्को तार छुन पुग्दा बुधबार च्यानम–८ का ९८ वर्षीय देवकुमारी कटवाल र उनकी ५५ वर्षीया छोरी बालकुमारी कार्कीको मृत्यु भएको हो।
गाईवस्तुलाई घाँस हाल्न गएकी बालकुमारी करेन्ट लागेर ढलेपछि उठाउन गएकी आमा देबकुमारीसमेत करेन्टको सिकार बनेको ओखलढुंगा प्रहरीले जनाएको छ।
स्थानीय मोलुङखोलाबाट निकालिएको लघुजलबिद्युत् आयोजनाबाट बिस्तार गरिएको बिद्युतको करेन्टले आमाछोरीको घट्नास्थलमै मृत्यु भएको हो।
गोठमा बत्ती बाल्न प्रयोग गरिएको विद्युतको तार चुँडिएर भुईंमा झरेका कारण आमाछोरीलाई करेन्ट लागेको जनाइएको छ।
प्रकाशित: १२ श्रावण २०७३ १३:५९ बुधबार