राजविराज- दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ।
मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथि छतबाट खसेर मृत्यु भएको राजविराजस्थित सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले बताए ।
यादव गत असोजमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।
यसैबीच मलेसियामा मृत्यु भएका यादवको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव नेपाल ल्याइदिनका लागि आग्रह गरेका छन् । रासस
प्रकाशित: १३ श्रावण २०७३ ०६:२६ बिहीबार