९ आश्विन २०८१ बुधबार
image/svg+xml

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८० को मृत्यु

काबुल–अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आत्मघाती बम विस्टफोटमा मर्नेहरुको संख्या ८० पुगेको छ। २ सय जना भन्दा बढी घाइते भएका छन्।

कारको ठक्करबाट मलेसियामा नेपाली महिला कामदारको मृत्यु

खोटाङ-कारको ठक्करबाट मलेसियामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ। बातुपाहतमा रहेको मिओ–मिओ फुड कम्पनीमा कार्यरत ईलामकी संगीता राईको बाटो पार गर्नेक्रममा कारको ठक्करबाट शनिबार मृत्यु भएको हो।

म्युनिकमा गोली चल्दा ९ जनाको मृत्यु

म्युनिकको एक सपिङ सेन्टरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको जर्मन प्रहरीले जनाएको छ। प्रहरीले जर्मन–इरानी नागरिक १८ वर्षीय एक युवकले ओलम्पिया सपिङ सेन्टरमा चोली चलाउँदा ९ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना मानिस घाइते भएको जनाएको छ। घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ। प्रहरीले जवाफी कारबाहीमा बन्दुकधारी मारिएको पुष्टि गरेको छ।

ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु

सर्लाहीमा रोकी राखिएको ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति नवलपुर लालबन्दीबीचको बागवानी जंगलमा पश्चिमाबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ६२२२ ट्रक रोकेर मर्मत गरिरहेका बेला पश्चिमबाट पूर्व नै जादै गरेको ना३६प २४६५ मोटर साइकल ठोक्किर दुर्घटना भएको हो।

घरमाथि रुख ढल्दा बालिकाको मृत्यु

धनगढी– धनगढी उपमहानगरपालिका–६ जालीको शान्तीटोलमा नरेश चौधरीको कच्ची घर रुख ढलेर भत्किँदा १२ वर्षीया जुनकुरी चौधरीको ज्यान गएको छ।

कान्लाबाट लडेर महिलाको मृत्यु

भक्तपुर– नगरकोट नगरपालिका वडा नं. ७ र ९ को बीच सिमानामा पर्ने चरेलीमा सोही स्थान वडा नं ७ बस्ने वर्ष ५५ की सानुमैयाँ सापकोटा मृत अवस्थामा फेला परेकी छन्।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

पृथ्वी राजमार्गको तनहुँ खण्डमा बुधबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एउटै राजमार्गको करिब १५ किलोमिटर दुरीभित्र भएका तीनवटा दुर्घटनामा परि ३४ जना यात्रु घाइते भएका छन्।

भूकम्पमा जीवन गुमाएकाकाे सम्झनामा महामृत्युञ्जय मन्दिर निर्माण गरिने

काठमाडौं– गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएका करिब ९ हजार मानिसको सम्झनामा काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारमा महामृत्युञ्जय मन्दिर निर्माण हुने भएको छ।

विषादी सेवनले एक जनाकाे मृत्यु

बैतडी– विषादी सेवनबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको दक्षिणपूर्वी गाजरी– ८, सन्तडाका ४८ वर्षीय परमानन्द जोशीको मंगलबार बिहान बिष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु

बुटवल– पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनाउ पुलमा आज भएको सवारी दुर्घटनामा चितवन चिसापानीका कुमार नगरकोटीकोे मृत्यु भएको छ।

१८ तलामाथिबाट एलिभेटर खस्दा चीनमा ८ जनाको मृत्यु

बेइजिङ् (चीन)—पूर्वी चीनको लोङकाउ शरहमा निर्माणाधिन भवनको १८ तलामाथिबाट निर्माण प्रयोजनका लागि सामान ओसार्ने ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्युभएको छ।

कराहीमा डुबेर बालकको मृत्यु

रौतहट-मिठाइ बनाउने कराहीमा डुबेर रौतहटमा बालकको मृत्यु भएको छ। रौतहटको गम्हरिया २ का जहर आलमको डेढ वर्षका छोरा बाबुदीन आलमको खेल्ने क्रममा कराहीमा डुबेर मृत्यु भएको हो।

टर्कीमा सैन्य कू, भीडन्तमा कम्तिमा ४२ जनाको मृत्यु

टर्कीमा सैनिकहरुको एक समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ। शुक्रबार राति नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको हो। घोषणासँगै अहिले टर्कीमा अन्योल छाएको छ। टर्कीको राजधानीलगायत प्रमुख सहरमा सेना परिचालन गरिएको छ ।

बँदेललाई थापेको धरापमा परेर युवाको मृत्यु

काठमाडौं-असुरक्षित बिधुतिय तारमा परेर एक युवाको ज्यान गएको छ। बाँदर र बँदेलबाट मकै बचाउन स्थानीयले राखेको बिधुतिय तारमा अल्झेर तार्केश्वरका ७ का सौगात ढकाललको मृत्यु भएको हो।

फ्रान्समा आतंककारी आक्रमण, कम्तिमा ७५ जनाको मृत्यु

फ्रान्सको निस सहरमा आतंककारी आक्रमणमा परी कम्तिमा ७५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी सय जनाभन्दा बढी घाइते भएका छन्। बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला एउटा ट्रक भीडको बीचबाट कुदाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्