९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बँदेललाई थापेको धरापमा परेर युवाको मृत्यु

काठमाडौं-असुरक्षित बिधुतिय तारमा परेर एक युवाको ज्यान गएको छ।  बाँदर र बँदेलबाट मकै बचाउन स्थानीयले राखेको बिधुतिय तारमा अल्झेर तार्केश्वरका ७ का सौगात ढकाललको मृत्यु भएको हो।  करेन्ट लागेका उनलाई उपचारको लागि ग्रिनसिटी अस्पताल धापासी लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी संजिब शर्माले नजिकै रहेको रानीबनबाट आउने बाँदर र बँदेलले स्थानीय हैरान भएपछि बिधुतिय तार बिछ्याएको हुनसक्ने बताए। उनका अनुसार स्थानीयले बाँदर र बँदेलले बाली नोक्सान गरेको निवदेन समेत प्रहरीमा दिएका थिए। स्थानीयले बैशाख १३ गते प्रहरी वृत्त बालाजु लाई निवेदन दिएपछि बन र तार्केश्वर नागरपालिकालाई समेत मौखिक जानकारी गराएको थियो।

‘हामीले बाँदर र बँदेल नियन्त्रणका लागि बन र तार्केश्वर नगरपालिकालाई खबर गरेका थियौ, घटनाका बिषयमा थप अनुसन्धान हुँदैछ,’ शर्माले भने।

काठमाडौं साङला घर भएका ढकाल जितपुर सातमानेस्थित मामा घरमा बस्दै आएका थिए।  शुक्रबार बँदेल आयो भन्दै हल्ला हुन थालेपछि अर्की एक बालिका सहित उनी भाग्दा तारमा अल्झेका थिए।  बिधुत प्रवाह भै रहेको नाङगो तारमा परेका ढकालको अस्पताल नपुग्दै मृत्यु भएको हो।  

प्रकाशित: ३१ असार २०७३ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App