९ आश्विन २०८१ बुधबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सर्लाहीको नवलपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २०प २३२५ नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मिनी ट्रक लखनदेही पुलमा एक आपसमा ठोक्ँिकदा मोटर साइकल चालकको घटना स्थलबाट मृत्यु भएको छ ।

सल्यक्रियापछि सुत्केरीको मृत्यु

उर्लाबारी (मोरङ)– उर्लाबारी – ४ स्थित गोदाबारी हस्पिटलमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी झापा, दमक – १६ बस्ने २५ वर्षीया ज्योति खड्काको आज बिहान मृत्यु भएको हो।

भारतमा बस दुर्घटनाः पाँच नेपालीको मृत्यु

नेपालगन्ज– सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ। बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो।

भारतमा बस दुर्घटना:पाँच नेपालीको मृत्यु

सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए।

काश्मिरमा हिंसा भड्कियो २३ जनाको मृत्यु

भारत प्रशासित क्षेत्र काश्मिरमा भड्किएको दंगामा मृत्यु हुनेको संख्या २३ पुग्नुका दुई सय भन्दा बढी मानिस घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन्।

युएइमा मृत्यु भएका मृतकको परिवारलाई १२ लाख सहयाेग

धादिङ सेवा समाजल युएइले युएइमा मृत्यु भएका मृतकको परिवारलाई १२ लाख ६३ हजार रुपैयाँ सहयोग गरेको छ। युएइमा डेड महिना अगाडि उच्चरक्त चापका कारण निधन भएका धादिङ जिल्ला ज्यामरुङ ९ गैह्रेगाउँका थान बहादुर गुरुङको परिवारलाई उक्त रकम सहयोग गरेको हो।

दक्षिणी सुडानमा भएको झडपमा १५० भन्दा बढिको मृत्यु

दक्षिणी सुडानको जुवामा भएको झडपमा परी १ सय ५० भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत शुक्रबार राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मर्चासँग भेटवार्ता गर्ने क्रममा त्यहाँ गोली चलेको थियो। उनीहरुका अंगरक्षकहरुले एक आपसमा गोली चलाउन थालेपछि दंगा भड्केको थियो । सो घटनापछि अन्य स्थानमा पनि उनीहरुका समर्थकबीच झडप सुरु भएको थियो।त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझ बढी हुनसक्ने बताए।

मर्निङवाकमा निस्किएका दम्पत्तिलाई बसले ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

जनकपुर– जनकपुर–ढल्केवर सडक खण्डस्थित नक्टाझिजमा शनिबार यात्रुबाहक बसमा मोटरसाइकल ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पर्यटकको गाडी दुर्घटना, एककाे मृत्यु, पाँच घाइते

पर्यटकीयस्थल भेडेटार घुमेर फर्कदै गरेको भारतीय पर्यटकको गाडी दुर्घटना हुदा शनिबार एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जङ्गली च्याउ खाँदा दुईको मृत्यु

गोरखा-जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् ।

भिरबाट लडेर महिलाको मृत्यु

रामपुर (पाल्पा)– भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सदरमुकाम तानसेनबाट रामपुरतर्फ आउँदै गर्दा बिर्कोट गाविसको सेफत भिरबाट लडेर आज स्याङ्जा जिल्ला साँखर गाविसकी ५० वर्षीया दुर्गादेवी ढकालको मृत्यु भएको हो।

बंगलादेशमा इदको प्राथनाबीच गोली चल्यो, तीन जनाको मृत्यु, १४ जना घाइते

बंगलादेशमा बन्दुकधारीले इदको प्राथना चलिरहँदा गोली चलाएपछि तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

पानी तान्ने पम्पबाट करेन्ट लागेर युवकको मृत्यु

राजविराज– सप्तरीको मलेठ गाविसमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलेठ गाविस–४ बस्ने वैद्यनाथ साहको १५ वर्षीय छोरा मनिष साह रहेको प्रहरीले जनाएको छ।

शोकमा केरौंजावासी, थप एकको मृत्यु

गोरखा– बाटो मर्मत गर्न जाने क्रममा श्रीमती कान्छीमाया गुरुङको पहिरोमा पुरिँदा मृत्यु भएको खबर सुनेपछि घर फर्कंदै गरेका गोरखाको केरौंजा–३ का कृष्ण तामाङको मृत्यु भएको छ। सालो कृष्ण घलेको साथमा घर (केरौंजा) फर्कंदै गरेका तामाङको गएराति अकस्मात् अचेत हुँदा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्