८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अनियन्त्रित जहाज रुखमा ठोक्किएर खस्यो, ६ जनाको मृत्यु

अमेरिकाको भर्जिनियाको फ्रिड्रेसबर्ग नजिकै भएको विमान दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। विमानस्थलको अन्तिम भागमा सो विमान दुर्घटना भएको भर्जिनिया प्रहरीले जनाएको छ। दुर्घटना शान्न विमानस्थलमा भएको हो। विमानस्थल डाउनटाउन फ्रिडेसबर्गबाट करिब पाँच माइलको दूरीमा पर्छ।

सेफ्टि ट्यांकीमा निसास्सिएर दुई मजदुरको मृत्यु

बर्दिया– निर्माणाधिन सेफ्टी ट्यांकीभित्र लगाएको टेका निकाल्न गएका दुई मजदुरको शनिबार मृत्यु भएको छ। धधबार– ८ विजयनगर बस्ने गणेश थारु र चुकिन्दर थारको मृत्यु भएको हो।

कैलालीमा बस दुर्घटना, २ को मृत्युु, ९ घाइते

कैलाली– दीपायलबाट धनगढी आउँदै गरेको शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको यात्रुुवाहक बस भीमदत्तपन्त राजमार्गअन्तगर्त कैलाली जिल्लाको सहजपुर गाविस वडा नं. ९, मारभट्टी मोडमा शुक्रबार बिहान १ बजे दुर्घटना हुुँदा २ जनाको मृत्युु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

भतिजको आग्लो प्रहारबाट काकाको मृत्यु

खोटाङ– आग्लो प्रहारबाट खोटाङको काहुले–७ का ६२ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ। घरायसी विवादका क्रममा भतिजा १८ वर्षीय दीपक राईले आग्लो प्रहार गर्दा राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

बगेर दुई जनाको मृत्यु, एक घाइते

तुलसीपुर (दाङ)– दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

भ्यानको ठक्करबाट महिलाको मृत्यु

इलाम नगरपालिका–८ स्थित मेची राजमार्गको गुम्बाडाँडा खण्डमा भ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न ३ बजेतिर मे. १ ज २३८२ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा इलाम नगरपालिका–८ की ६६ वर्षीया फूलमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिनल्याण्डमा नेपालीको मृत्यु

हेल्सिन्की— फिनल्यान्डमा एक नेपाली युवकको मृत्यु भएको छ। उनको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली संघ (एनआरएन) फिनल्यान्डले काम गरिरहेको छ।

इथियोपियामा प्रहरीले प्रर्दशनकारीमाथि गोली चलाउँदा १ सय भन्दा बढीको मृत्यु

इथियोपीयाको उत्तरी शहर बाहिरदारमा सरकार विरोधी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा सय जना भन्दा बढीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साथै सुरक्षाकर्मीले प्रर्दशनमा सहभागी भएको भन्दै दर्जनौं मानिसलाई पक्राउ समेत गरेको छन्।

इनारमा निसासिएर काका भतिजोको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका -१२ मा मंगलबार बाल्टिन निकाल्नेक्रममा इनारमा निसासिएर दुई जनाको मृत्यु भएको छ। सथानीय जागेश्वर मण्डल र उनका काका रामविलास मण्डलको ईनारमा निसासिएर मृत्यु भएको हो इलाक़ा प्रहरी कार्यालय लहानले जनाएको छ ।

माेटरसाइकल दुर्घटनामा दुईको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको आज मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, पाइलट सहित ७ काे मृत्यु

गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ।

पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु

दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, सबै ६ काे मृत्यु

गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ६ जनाकाे मृत्यु भएकाे फिस्टेल एयरका रमेश शिवाकाेटीले नागरिकन्युजलाई बताए।

भ्यानको ठक्करबाट बालकको मृत्यु

तनहुँ– सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्