८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

इनारमा निसासिएर काका भतिजोको मृत्यु

सिरहा- सिरहाको धनगढीमाई नगरपालिका -१२ मा मंगलबार बाल्टिन निकाल्नेक्रममा इनारमा निसासिएर दुई जनाको मृत्यु भएको छ। सथानीय जागेश्वर मण्डल र उनका काका रामविलास मण्डलको ईनारमा निसासिएर मृत्यु भएको हो इलाक़ा प्रहरी कार्यालय लहानले जनाएको छ ।

आफ्नै खेतमा रहेको इनारबाट पानी निकाल्ने क्रमा बाल्टिन खसेपछि जागेश्वर बाल्टिन निकाल्न ईनारमा पसेका थिए। बाल्टिन निकाल्न गएका भतिजो बाहिर नआएपछि उनलाई हेर्न पसेका रामबिलासको समेत निसासिएर मृत्यु भएको हो। दुबैको शव बाहिर निकाली पोष्टमार्टमकालागि लहान अस्पतालमा राखिएको लहान प्रहरी लार्यालयका डीएसपी राजकुमार केसीले बताए।

प्रकाशित: २५ श्रावण २०७३ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App