८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भतिजको आग्लो प्रहारबाट काकाको मृत्यु

खोटाङ– आग्लो प्रहारबाट खोटाङको काहुले–७ का ६२ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ। घरायसी विवादका क्रममा भतिजा १८ वर्षीय दीपक राईले आग्लो प्रहार गर्दा राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

आग्लोले टाउकोमा चोट लागेर ढलेका मानबहादुरको करिब एक घण्टापछि मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए। काकालाई आग्लोले हिर्काएपछि ईलाका प्रहरी कार्यालय चिसापानीले पक्राउ गरेका दीपकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको छ।

उनले काकालाई बिहीबार आग्लोले टाउकोमा हिर्काएका थिए। मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २८ श्रावण २०७३ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App