८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

पतिले खुकुरी प्रहार गर्दा खोटाङको बोपुङ–८ की ४२ वर्षीया कल्पना परियारको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका पति गोबिन्द परियारको खुकुरी प्रहारबाट कल्पनाको बुधबार राती मृत्यु भएको हो ।

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए ।

मोटरसाइकलले ठक्करबाट एकको मृत्यु, एकजना गम्भीर

मोटरसाइकलको ठक्करबाट रौतहटमा एकजना युवकको मृत्यु भएको छ, भने अर्का एकजना गम्भीर घाइते भएका छन्। गरुडा नगरपालिका–१३ जयनगर चोकस्थित सहायक राजमार्गमा बिग्रिराखेको आफ्नो ट्रकलाई बनारहेको गरुडा नगरपालिका–२ का व्यावसायी ३५ वर्षीय विमल चौधरी कलवारलाई गरुडाबाट गौरतर्फ जाँदै गरेको बा२९प७९४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो। चौधरीसँगै रहेका गरुडा नगरपालिका–२ का ३० वर्षीय राम कृपाल राम गम्भीर घाइते भएका छन्।

असफल ‘कू’ मा संलग्नलाई मृत्युदण्ड नदिइने

टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कू मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताएका छन् ।

चितवनमा दुई यात्रु बस ठाेक्किँदा चार जनाको मृत्यु, २९ घाइते

पृथ्वीराजमार्गको मुग्लिन कुरिनटार खण्डमा मंगलबार साँझ दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते २९ जनामध्ये सात जनाको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागि काठमाडौं लगिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फिफाका पूर्वअध्यक्ष हाभेलान्जेको मृत्यु

फिफा अध्यक्षका रूपमा लामो समय विश्व फुटबललाई नेतृत्व गरेका जाओ हाभेलान्जेको रियोस्थित एक अस्पतालमा १ सय वर्षको उमेरमा मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार जनाएका छन् ।

बिजुलीकाे तार चुँडिँदा सहोदर दुई बालकको मृत्यु

बुटवल– ‘विद्युत प्राधिकरणको खेलाँचीले’ बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा बुटवल नगरपालिका–१२ अभियानपथमा मंगलबार दिउँसो दुई बालकको ज्यान गएको छ ।

काभ्रे बस दुर्घटनामा २७ जनाको मृत्यु : प्रहरी

सोमबार काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीलागि गुडेको बस बिर्तादेउराली– खहरे खोलामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको पष्टि भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २६ जनाको शव बनेपास्थित सिरमेमोरियल अस्पतालमा राखिएको र एक जनाको शव काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु

जीप दुर्घटनामा बागलुङमा दुई जनाको मृत्यु भएको छ । लेखानीबाट रेशतर्फ जादै गरेको जीप दुर्घटनामा पर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।

'अति भार'ले बस खस्यो, ३३ को मृत्यु

खचाखच यात्रु, भरिभराउ सामान। भिरमाथिको पहरे साँघुरो कच्ची बाटो।  त्यसमाथि लगातारको वर्षाले चिप्लो न चिप्लो। काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीका लागि गुडेको बसले बिर्तादेउराली–९, खहरेखोला गाउँनजिकैको उकालो तान्न सकेन।

बस दुघर्टना हुदाँ ३ को मृत्यु १४ घाइते

बैतडी– धनगढीबाट बझाङ्गजाँदै गरेको बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। सोमबार दिउँसो ३ बजेतिर बैतडीको जयपृथ्वी राजमार्गअन्तर्गत सिद्धेश्वर–३ वृन्दावन नजिकै ना ५ ख २८३२ नम्बरको सुदूरपश्चिम यातायातको बस सडकबाट करिव डेढ सय मिटर तल जंगलमा खस्दा दुर्घटना भएको हो।

सर्पले डस्दा महिलाको मृत्यु

बर्दिया– विषालु सर्पले डस्दा एक महिलाको सोमबार मृत्यु भएको छ। बर्दिया जिल्ला अस्पतालमा कार्यरत कर्मचारी बासमति थारुको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो।

बैतडीमा बस दुर्घटना, पाँचको मृत्यु

बैतडीमा आज दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो ।

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो, २६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयाे

काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। २६ घाइतेलाई उद्धार गरी नेपाली सेनाको हेलिकोप्टले राजधानी ल्याएकाे छ।

सडकबाट ३ सय मिटर तल बस खस्यो, २५ जनाको मृत्यु (अपडेट)

काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको छ। छतमा समेत गरी ८० जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खस्दा २५ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्