७ आश्विन २०८१ सोमबार
image/svg+xml

बनारसमा भागदाैड मच्चिँदा कम्तीमा १८ जनाकाे मृत्यु

बनारसको राजघाट पुल नजिक भागदौड मच्चिदा कम्तीमा १८ जनाएको मृत्यु भएको छ । पडाव डुमरिया भन्ने स्थानमा जयगुरुव देवको धार्मिक समागममा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । हजारौं भक्तालुहरुको उपस्थिति रहेको भागदौडमा कति संख्यामा घाइते भएको भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।

धनुषामा एकै दिन तीनको मृत्यु

धनुषाको विभिन्न स्थानमा शुक्रबार तीन जनाको मृत्यु भएको छ। एक बालक र एक अधवैसे मृत अवस्थामा फेला परेका छन् भने ६० वर्षीय एक वृद्धले घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

काभ्रे बस दुर्घटनामा २ को मृत्यु, ११ जना घाइते [अपडेट]

काभ्रेमा भएको बस दुर्घटनामा २ जनाको निधन भएको छ। ११ जना घाइते मध्ये केही गम्भीर छन्। पलाञ्चोक भगवतीबाट बनेपातर्फ आउँदै गरेको मिनि बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

माइखोलामा ढुंगा डुब्यो, ५ को मृत्यु

इलाम- इलामको दानाबारी र महमाई गाउँबीच पर्ने माइखोलामा यात्रु बोकेको डुंगा डुब्दा ५ जनाको मृत्यु भएको छ। दसैंको टीका लगाउन आफन्तकहाँ जाने–आउने यात्रु चढेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर दुर्घटना भएको हो।

हेलिकप्टर नपुग्दा गर्भवतीको मृत्यु

खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा यहाँ एक गर्भवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा छिन्। गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए।

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ । पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।

करेन्ट लागेर किसानकाे मृत्यु

पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ ।  पश्चिम चितवन नारायणी नगरपालिका-१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।

भिरबाट लडेर वृद्धको मृत्यु

पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार बिहान एक वृद्धको ज्यान गएको छ । छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको भिरबाट लडेर ज्यान गएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल (४० किलोमिटर)मा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

बसले किचेर मृत्यु भएपछि कर्णली राजमार्गमा चक्काजाम

असोज २४ गते कुडारी ७ मा रात्री बसले किचेर मृत्यु भएका हाँकु–३ का जनक न्यौपानेका परिवार र आफन्तले राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्। दोषीलाई कारवाही र राहत सहयोगको माग गर्दै स्थानीयले बिहीबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेका छन्। बन्दका कारण यात्रुहरु अलपत्र परेका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनकुटाको मूलघाटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार साँझ मूलघाटस्थित तमोर नदीको पुलमा ठोक्किएर को१६प ५८७ नंको मोटरसाइकल दुर्घटना हुँदा इटहरी उपमहानगरपालिका–८ का २६ वर्षीय दिलजन खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदिराले मातिएका शर्माकाे नालामा डुबेर मृत्यु

तीन फिट गहिरो नालामा डुबेर गएराति वीरगन्जमा एक ३० वर्षीय युवकको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेका वीरगन्ज उपमहानगरपालिका वडा नं ६ गणेशमान चोक निवासी ३० वर्षीय गोपाल शर्माको नालामा डुबेर मृत्यु भएको हो ।

भिरबाट लडेर गर्भवतीको मृत्यु

बैतडी-भिरबाट लडेर दार्चुलाको धुलिगाडामा एक गर्भवतीको मृत्यु भएको छ। 0मृत्यु हुनेमा धुलिगाडा–७ रैचुका करन ठगुन्नाकी २८ वर्षीया श्रीमती कमला ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

लोकन्थलीमा दुर्घटनामा एकको मृत्यु

भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडाैंतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्